‘भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्मा ण भइ’रहेको गौतमबुद्ध अन्त’र्राष्ट्रिय क्रिकेट रङ्गशालाको कामले गति लिन सकेको छैन । दैनिक तीन सय १३ ज नासम्म जनशक्तिले काम गर्दै आएको रङ्गशालामा आर्थिक अभावका कारण हाल दैनिक ३०/३५ जनाले मात्रै काम गर्दै आएका छन् । त्यो जनशक्ति पनि नियमित छैन ।

‘धुर्मुस–सुन्तली फाउन्डेशनले भरतपुर महान गरपालि कासँग समन्वय गरेर काम गरेको हो । कृषि तथा वनवि ज्ञान विश्वविद्यालयले चर्चेको त्रिभुवन विश्वविद्यालयको स्वामित्वको जग्गामा रङ्गशाला निर्माण भइरहेको छ ।’

‘फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेलले आ र्थिक अभावमा काम अघि बढ्न नसकेको बताए । सामान्य जनशक्तिले काम गरिरहेको भन्दै उहाँ ले साउन लागे यता आर्थिक अभावका का,रण काममा बाधा पुगेको बताए।

‘रङ्गशालामा हालसम्म रु. ५३ करोड बराबरको काम भएको छ जसमध्ये रु १६ करोडभन्दा बढी तिर्न बाँकी रहेको लेखा प्रमुख मुक्ति तिमिल्सिना ले जानकारी दिए । उनले भने, “असार मसान्त हुँदै गर्दा सामाग्री दिनेहरुलाई भुक्तानी गर्न सकेनौँ ।

सामानकै अभावमा काम हुन सकेको छैन ।उनका अनुसार साउन १५ गतेयता जनशक्ति नियमित काममा लगाउन सकिएको छैन । सामग्री दिनेहरुले रकम माग्ने क्रम बढ्दो छ ।

अध्यक्ष कट्टेल दैनिक तीन सय १५ जनासम्म जनशक्तिले काम गर्दा रङ्गशालाको धेरै काम गर्न सके को बताउनुहुन्छ । गतवर्षको साउन १ गते बाट एक वर्षको अवधिमा ३५ प्रतिशत काम भएको भन्दै उनले आर्थिक अभाव नभएको भए ५० प्रतिशत काम सम्पन्न गरिसक्ने बताउँछन् ।

रकम जुटेमा आउँदो एक वर्षमा रङ्गशाला सम्पन्न हुने उन को भनाइ छ । हाल भुई र प्याराफिटको फिनिसिङको काम भइरहेको छ । बजेट भएको भए ढलानका काम अघि बढ्ने उनी बताउँछन् ।

विगत केही समययता काठमाडौँमा आर्थिक सहयोग जुटाउन आफू लागिपरेको उनले जानकारी दिए । अर्थ मन्त्री, खेलकुद मन्त्रालय लगायतका निकायमा आर्थिक सहयोग जुटाइदिन आफूले पहल गरिरहेको उनको भनाइ छ ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले नयाँ अर्थमन्त्री आएसँगै रङ्गशाला, नारायणी नदी तटबन्धन र महानगरको प्रशासनिक भवनका लागि बजेट माग गरी पत्राचार गरिएको बताइन् ।

उनले भनिन्, सङ्घीय, प्रदेश, महानगरसँगै दाताहरुको सहयोगमा छिट्टै रङ्गशाला निर्माण सम्पन्न गर्नुपर्छ भन्नेमा हामी लागिपरेका छौँ ।” महानगरभित्रको महत्वपूर्ण आ योजना रङ्गशाला भएको भन्दै उनले यसको कामलाई गति दिन आवश्यक रकम जुटाउनेमा लागिपरेको प्रस्ट्याइन्।

बाइस बिघा १६ कट्ठा पाँच धुर जग्गामा रङ्गशाला निर्माण गरिँदैछ । विस्तृत परियोजना प्रतिवेदन मा एक लाख ५४ हजार पाँच सय ६ वर्ग मिटर मा रंगशाला निर्माण गर्ने र त्यसभित्र ३० हजार मानिस बसेर खेल अवलोकन गर्नस क्ने जनाइए को छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News