विज्ञान भन्छ, विपरित ध्रुबहरु आपसमा आकर्षित हुन्छन् । विज्ञानको यो सूत्र जीवनमा पनि काम लाग्छ। तर ईमान्दार हुनका  लागि  विज्ञानका  अलावा,   जीवनमा   दर्शन  पनि आवश्यक छ।  निस्सन्देह, हाम्रो शरीर र दिमागले वैज्ञानिक ज्ञानको आधारमा धेरै हदसम्म काम गर्छ ।

उदाहरणका   लागि   यदि   तपाईं    अन्तर्मुखी  स्वभावको हुनुहुन्छ भने तपाईं बहिर्मुखी स्वभावको व्यक्ति मन पराउनु हुन्छ । यदि  तपाई  चञ्चल  प्रकृतिको  मान्छे हुनुहुन्छ भने शान्त प्रकृतिको  मान्छे  धेरै   मनपराउ हुन्छ । यसरी हामी आफ्नोभन्दा  फरक  स्वभाव भएका व्यक्तिलाई मनपराउने गर्छौं ।

धेरै अनुसन्धानहरुले  देखाएका  छन्  कि  विपरीत स्वभाव सँग मानिसहरुको  सम्बन्ध लामो समयसम्म रहन्छ। तर यो सिक्काको  एक  पक्ष  हो,  जो विज्ञानद्वारा सञ्चालित छ । तर हामी पहिले नै  भन्दै छौं, हाम्रो जीवनमा एक दार्शनिक कोण पनि  छ।जीवनको   शब्दकोशबाट  सही र  ग’लतको धारणा ह’टाउनुहोस्

यदि  तपाईं  लामो समयका लागि कुनैपनि सम्बन्धमा रहन चाहनुहुन्छ  भने  सबैभन्दा  पहिले  सही र गलतको धारणा बाट मुक्त हुनुपर्छ । मानौं तपाईं  एक  अन्तर्मुखी हुनुहुन्छ र तपाईंको   साथी बहिर्मुखी   छन् भने दुवै मानिसहरु पहिले एक अर्काको  विपरीत   स्वभावको  कारण   एकअर्काप्रति आकर्षित थिए।

तर  समयसँगै, पा र्टनरको   सानासाना   कुराहरु रि’सा’उन थाल्छन्।  यस्तो   अवस्थामा   हामी या त   साथीलाई पनि आफू  जस्तै  बनाउन चाहन्छौं या त साथी जस्तै बन्न प्रयास गर्छौं । किनकि हामीलाई लाग्छ, दुईमध्ये एक राम्रो स्वभाव को छ र अर्को ख’रा’ब छ। यस मामलामा झगडा तपाईंहरू दुईको बीचमा हुन्छ।

यदि  तपाईं  वा  तपाईंको   साथी चुपचाप बसेरै तपाईंभित्र परिवर्तन  ल्याउने  चेस्टामा  छन्  भने  थाहा   पाउँदा  हुन्छ तपाईंको  स्वभावसँग  ऊ रि’सा’ एको छ  यही रि’स बाहिर निस्किएपछि एक आपसमा द्वन्द्व सुरु हुन्छ । त्यसैले फरक खालको व्यवहार भए  पनि  न त उसलाई परिवर्तन गराउनु हुन्छ न त  आफू प  रिवर्त हुनुहुन्छ । जो जस्तो स्वभावको हुनुहुन्छ उस्तै राख्नु उचित हुन्छ ।

माथि  भने   जस्तै न ततपाईंले आफ्नो स्वभावमा परिवर्तन ल्याउन   सक्नुहुन्छ न त   पार्टनरको  स्वभावमा   परिवर्तन ल्याउने प्रयास  गर्नु  उचित  हुन्न । तर  दुबै  मानिसहरु एक अर्कालाई  आफ्नै  शर्तमा  छोडेर    बाँच्न सक्दैनन् । यस्तो अवस्थामा   तपाईंको  सम्बन्ध  चाँडै तो’डिने   हुन्छ  । यदि पार्टनरलाई पार्टी मनपर्छ तर तपाईंलाई मन पर्दैन भने

बीचको   बाटो  यो  हुन  सक्छ  कि पार्टनरले हरेक दिनको सट्टा एक दिन पार्टी गर्ने र तपाईंले पनि एकदिनको पार्टीमा सहभागिता जनाउन सक्नुहुन्छ ।त्यस्तैगरी, तपाईंको छनौट को गतिविधिमा  तपाईंको साथीलाई शामेल गर्नुहोस् । यस तरिकाले तपाईं दुवैले  केही नयाँ सिक्न पाउनुहुनेछ। तपाईं पनि एक अर्कासँग गुणस्तरीय समय बिताउन पाउनुहुनेछ ।

यो नछुटाउनुहोस् कि तपाईंको पार्टनरले हरेक गतिविधिमा तपाईंलाई साथ  दिएको हुनुपर्छ  हरेक सम्बन्धमा दुवै जना को दृष्टिकोण  एउटै   खालको हुन्छ  । उनीहरूको   जीवन बोरिङ र  निरस  बन्छ । उनीहरु  जीवनमा  साहसिक काम गर्न सक्दैनन् । अर्कोतर्फ   जब   तपाईंहरू   दुवैको विचार फरक प्रकारको हुन्छ भने

तब हरेक दिन तपाईंहरू दुवैले नयाँ तर्क सुन्न पाउनुहुनेछ । तपाईंहरू दुवैले हरेक  कुरालाई नयाँ तरिकाबाट हेर्न पाउनु हुनेछ ।आफ्नो वैवा’हिक जीवनलाई खुसियाली बनाउनको लागि   यस्ता   विषयमा  ध्यान दिनुपर्छ जसले दुई जनाको सम्बन्धलाई सुमधुर बनाएराखोस् । जहाँ विचार फरक भए पनि भावनाले साइनो जोड्न सकियोस्।साभार : अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News