१५ भदौ,   विराटनगर   । प्रदेश  १   का   मुख्यमन्त्री भीम आचार्यले  आफू  चाहना  नहुँदा  नहुँदै   मुख्यमन्त्री  बनेको टिप्पणी  गरेका  छन् । मुख्यमन्त्री   बनेको  पाँच  दिनपछि मंगलबार   प्रदेश    १  सरकारको    कार्यक्रम   ‘जनतासँग मुख्यमन्त्री’मा  उनले मुख्यमन्त्री  हुने आफ्नो इच्छा नै नरहे को प्रतिक्रिया दिएका हुन् ।

‘यसमा  (मुख्यमन्त्रीमा)   मेरो कुनै  इच्छा  पछिल्लो  पटक थिएन,  अहिले  पनि  छैन  खासै, ’ उनले  कार्यक्रममा भने ‘मैले पाँच  वर्ष  अघि इच्छा  गरेको  थिएँ ।   त्यसका लागि काम गर्ने निश्चित मिसन थियो ।’पाँच वर्ष अघि प्रदेश १ को विकास र समृद्धिको  गुरुयोजना  र कानुनको मस्यौदा गरेर तयार रहे

पनि  काम  ग  र्न नपाएको   मुख्यमन्त्री  आचार्यले बताए । २०७४  सालको  प्रदेशसभा  निर्वाचनमा  प्रतिस्पर्धा  गर्दैमा उनलाई मुख्यमन्त्रीको  दाबेदारको  रुपमा हेरिएको थियो । तर प्रदेशसभा  संसदीय दलको नेतामा उनी शेरधन राईसँग पराजित  भएपछि मुख्यमन्त्री हुनबाट वञ्चित भएका थिए ।

मंगलबारको   कार्यक्रममा   मुख्यमन्त्री   आचार्यले  अहिले परिस्थिति  अनुकुल    नरहेको स्वीकार  गरे । ‘धेरै चिजहरु बिग्रिएको छ । राजनीनिक परिस्थिति बिग्रिएको छ, दलहरु बीच  कन्फ्लिक्ट   छ,’ कार्यक्रममा  उनले भने, ‘(प्रदेशको) नामाङ्कन   भएको  छैन  , नामाङ्कन   गर्न   दुई   तिहाई चाहिन्छ । तर अहिले  एकले अर्कालाई सहयोग गर्ने वाताव रण दलहरुमा छैन ।’

पार्टी  विभाजनपछिको  एमालेमा  धेरै क्षति हुन नदिन मात्रै मुख्यमन्त्री बनेको  आचार्यले  बताए । नेकपा  एमाले छाडे का एक  सांसदका  अनुसार  आचार्यले  नयाँ पार्टीमा जान बाट ८ सांसदलाई रोकेका छन् ।माधवकुमार नेपाल नेकपा एमालेमा रहँदा प्रदेश   १ मा उनको पक्षमा १८ सांसद थिए ।

अहिले  राजेन्द्र  राई,  राजन  राई,  उपेन्द्र  घिमिरे, सावित्रा रेग्मी, खिनु   लङ्वा  लिम्बू,  गणेश  काङ्माङ,  कृष्णकुमारी राई, पदकुमारी गुरुङ,  सुनीता  चौधरी र सरिता थापा नयाँ पार्टीको पक्षमा  खुलेका छन् ।नेकपा एमाले विभाजनपछि नेकपा  एकीकृत    समाजवादीतर्फ  खुलेका   १०   सांसद मंगलबार धनकुटा पुगेका छन् ।

सोमबारसम्म  विराटनगरको बिग  होटलमा बसेका उनीहरु लाई सोमबार दिउँसो धरान  हुँदै  मंगलबार धनकुटा पुगेका हुन् ।सांसदहरुको टोली बुधबार निर्वाचन कार्यालयमा गएर नयाँ दल रोज्ने तयारीमा  छन् । नेकपा  एकीकृत समाजवा दी पार्टी मोरङ  जिल्लाका प्रवक्ता ओसिम आलमले सांसद हरु धनकुटा पुगेको स्वीकार गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News