२५  पुस  २०५८,   यो यस्तो  दिन हो, जुन दिनलाई नेपाल प्रहरीका कतिपय अधिकृत अहिले पनि सम्झन चाहँदैनन् । सम्झिऊन् पनि  कसरी र त्यो दिनले उनीहरूको वृत्तिविका समा नराम्रो  अस’र पार्ने  पक्कापक्की थियो, कालान्तरमा पर्यो  पनि ।त्यस  दिनको  सरकारको निर्णयविरुद्ध ११२ र ११३ औं टोलीका

प्रहरी  निरीक्षकहरूले  सर्वोच्च  अदालतसमेत गुहारे । तर, सर्वोच्च  अदालतले  उनीहरूलाई  साथ दिएन । सरकारकै निर्णय  सदर  गरेपछि उनीहरू  चुपचाप  लाग्नुको विकल्प पनि भएन । त्यसबेला  गृहमन्त्री  थिए  खुमबहादर खड्का प्रहरी महानिरीक्षक थिए प्रदीपशमशेर जबरा ।

जबराअघिका  प्रहरी  महानिरीक्षक  अच्युतकृष्ण  खरेलकै पालामा  सरकार  त्यो  निर्णय  गर्न अघि बढिरहेको थियो ।तर,  प्रहरी म हानिरीक्षक   खरेलले   गृहमन्त्री   खड्काको योजनामा  साथ  दिएनन् । बरु  चट्टानी  अडान  लिए,   ‘म नेपाल  प्रहरीको  नेतृत्वमा  होउन्जेल उनीहरूलाई प्रहरीको प्रधान कार्यालयको गेटभित्र पनि छिर्न दिन्नँ ।’

खरेलपछि जबरा प्रहरी महानिरीक्षक बने । उनले खरेलको जस्तो अडान  लिन सकेनन् । फलस्वरूप शक्ति र पहुँचका आधारमा   राष्ट्रिय  अनुसन्धान   विभागमा   प्रवेश   गरेका उनीहरू  जबराको  कार्यकालमा   प्रहरीको  बर्दी   लगाउन सफल  भए ।  हो, शक्ति  र पहुँचका   आधारमा  र  दलको झन्डा बोकेका कारण राष्ट्रिय अनुसन्धान

विभागमा  प्रवेश गरेर अहिले प्रहरीको बर्दी लगाएका प्रहरी अधिकृतको कारण  प्रहरी  संगठन ब’द’नाम  हुँदै गएको छ त्यसदिन राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा ३० इन्स्पेक्टरसहित  ४६ जनालाई स्थानान्तरण गरिएको थियो ३० इन्सपेक्टरमध्ये  अहिले   अधिकांश   प्रहरी  उपरीक्षक (एसपी) छन् ।

त्यसबेला  आएकामध्ये  कतिपयले अवकाश पनि पाइसके का छन् । अपवादबाहेक   अधिकांश  प्रहरी  आ’चर’ण   र नीतिविपरीतका  कार्यमा  संलग्न देखिएका छन् । तीनै ३० इन्सपेक्टरमध्येका  एक  ज ना हुन्  , एसपी   सिद्धिविक्रम शाह, जो अहिले आपराधिक कार्यका कारण चर्चामा छन् ।

उनको  आ’परा’धिक कार्य बाहिरिएपछि हालै मात्र जिल्ला प्रहरी   कार्यालय  रौतहटको  प्रमुखबाट   हटाएर   उनलाई प्रधान  कार्यालय  तानिएको  छ ।  यो  समाचार  राजधानी दैनिकमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News