भारतको  आगराकी   हिमानी बुंदेलाले सपनामा पनि सोचे की  थिइनन्  कि  एकदिन  उनको   सफलता  देशभरीबाट हेरिनेछ । ब लिउड  महानायक  अमिताभ  बच्चनले उनको तरिफ गरेर  थाक्ने  छैनन् । २५ वर्षको  उमेरमा  नै हिमानी बुंदेला  ‘कौन  बनेगी करोडपति’  सिजन  १३   को  पहिलो करोडपति बनेकी छिन् ।

उनको  सफलता  यसकारण  पनि  महत्वपूर्ण  छ किनभने उनी दृष्टिविहिन हुन् ।हिमानी १५ वर्षको हुँदा एक दु’र्घट’ना मा उनको आँखाको दृ’ष्टि गुम्यो  । आर्थिक  रुपमा सामान्य रहेको परिवारले हिमानीको  आँखाका  चारवटा शल्यक्रिया को  खर्च उठायो तर उनको आँखाको ज्योति फर्किएन ।तर हिमानीले हिम्मत हारिनन् ।

नयाँ  ढङ्गले  सुरुवात  गरिन् र  आफ्नो परिवारमा सरकारी जागिर  खाने   पहिलो व्यक्ति  बनिन् । केन्द्रीय विद्यालयमा शिक्षिकाको  जागि र खाने  हिमानी   बुंदेलाले  कौन बनेगा करोडपति  (केबीसी)  मा करोड   जितेको आफ्नो अनुभव बीबीसीसँग  साझा  गरिन् ।  उनको  कहानी उनकै शब्दमा

मलाई  बाल्यकालदेखि  नै टिभी  हेर्न  शौक थियो । जब म रियालिटी शो हेर्थे र मानिसहरुले आफ्नो प्रस्तुती दिइरहेको देख्थेँ, त्यतिबेला  ‘के म पनि टिभीमा आउन सक्छु ?’ भन्ने प्रश्न  आउँथ्यो  ।एकदिन  मैले  केबीसी   हेरेँ , अनि  मलाई महसुस  भयो  कि  हामी साधारण  ज्ञानको  आडमा  त्यहाँ जान  सक्छौं । त्यति  नै बेला  आफू पनि हट सीमा बस्ने र अमिताभ सरलाई भेट्ने निश्चित गरेँ ।

अब त संसारले नै देखिसकेको छ कि म हट सिटसम्म मात्रै पुगिनँ , मैले एक  करोड  भारु  पनि  जितेँ । यो अनुभव म शब्दमा ब यान गर्न सक्दिनँ । तर यो एक झट्कामा पाएको सफलता भने  होइन ।मैले सन् २००९ देखि नै ‘कौन बनेगा करोडपति ’ मा  रजिस्ट्रेशनको  कोसिस गरिरहेकी थिएँ तर हरेक पटक फेल हुन्थेँ । रजिस्ट्रेशन गर्नै सकिँदैनथ्यो ।

यसैबीच  मेरो  दुनियाँन फेरियो, आँखाको ज्योति गुम्यो तर १० वर्षपछि  सन् २०१९  मा  रजिस्ट्रेशन सफल भयो, तर हट  सिटमा  बस्ने  मौका  पाइनँ । सन् २०१९ देखि २०२१ सम्म लगातार तीनपटक रजिस्ट्रेशन  सफल भयो र   अन्त्य मा मौका  सन् २०२१  मा  पाएँ ।जब  सोनी टिभीले मलाई तपाईं

‘कौन   बनेगा   करोडपति’  मा  भाग  लिन  मुम्बई  आउँदै हुनुहुन्छ भन्ने   जानकारी दिए  तब मलाई सुरुमा त विश्वास नै लागेन । सुरुमा  त  कसैले  जालझेल गर्न लागेको हो कि भन्ने लाग्यो । त र उनीहरुसँग  लामो कुराकानी भयो । कुरा कानीका बीच  जब  मसँग कुनै  प्रकारको   बैं डिटेल्स वा कुनै नीजि जानकारी मागिएन, त्यसपछि मात्रै विश्वास भयो ।

केबीसीको  सेटबाटबब बाहिर  निस्किएपछि  पनि   मलाई यस्तो  लागिरहेको    थियो  कि   के साँच्चै  नै म  अमिताभ सरसँग  बसेकी  थिएँ । उनले  मलाई  आफ्नो  हातले पानी दिए  । मलाई  यो  सबै  सपना  जस्तो  लागिरहेको थियो । मलाई  लागिरहेको  थियो  कि  मेरो जीवनमा मैले सबैकुरा पाएकी छु र यो समय अब यहिँ नै रोकियोस् ।

यद्यपि,  फास्टेस्टब फिंगबर   फर्स्ट  भएका   कारण    मेरो दिमागमा  अब  यो  कसरी  होला भन्ने सोच रातभरी चल्यो किनभने  मेरो  प्रतिस्पर्धा  त्यस्ता  मानिसहरुसँग हुनेछ जो हेर्न  सक्थे , सुन्न  सक्थे  र  सबैकुरामा   साधारण   थिए । किनभने उनीहरु सबैसँग सिक्नका लागि धेरै कुरा उपलब्ध थिए ।एकपटक   त यस्तो लाग्यो कि मेरो यहि कमजोरीका कारण मलाई हट सिटमा बस्ने मौका नदिइने हो कि ।

तर मलाई  आफूमाथि  विश्वास  थियो र त्योभन्दा पनि थुप्रै गुणा केबीसीको समूहले  मलाई सपोर्ट गरे । यसका कारण मभित्र जुन डर थियो  त्यो  समाप्त  भयो किनभने  घरबाट जब म निस्किएकी  थिएँ तब  मैले यहि सोचेकी थिएँ कि – या त जित्नेछु  या सिक्नेछु ।जब एक करोडको प्रश्न मलाई सोधियो तब म असाध्यै

डराएकी  थिएँ  किनभ ने साधारण  परिवारका  लागि  एक करोड  ठूलो  रकम हो । त्यतिबेला  मलाई  लाग्यो कि यदि मैले  गलत   जवाफ  दिएँ  भ  ने म त सिधै ३,२०,००० मा झर्नेछु  र  सबै  मिहिनेत बेकार हुनेछ । यो सोच्दा सबैभन्दा धेरै नर्भस भएँ । तर मेरो जवाफ सही रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News