बेलायतको  लिड्स  विश्वविद्यालयमा  प्राध्यापक रहेका डा. सूर्यप्रसाद  सुवेदीलाई  अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले कानुनी  सल्लाहकारमा  नियुक्ति  गरेको छ ।सन् १९४८ मा स्थापना  भएको  सो  संस्थाले  करिब १६० देशमा आफ्नो उपस्थिति जनाएको छ ।  यस  संस्थामा २११ देश सरकारी तवरबाटै सदस्य बनेका छन्

भने  सरकारी गैरसरकारी गरेर एक हजार ४०० भन्दा बढी संस्था  सदस्य   रहेका  छ  न् । यसको   प्रधान   कार्यालय स्वीजरल्याण्डमा  छ । विश्व  सम्मेलनका  लागि  आवश्यक कानूनी सल्लाह  दिने गरी   नियुक्त  गरिएको  र यस  पटक सेप्टेम्बर  ३  देखि   ११ सम्म  बेलायतको इडम्बरा शहरमा सम्मेलन हुन लागेको संस्थाले जनाएको छ ।

अक्सफोर्ड  विश्वविद्यालयबाट विद्याविरिधि गरेका सुवेदीले बेलायतमा  परराष्ट्रमन्त्रीका   सल्लाहकार  र  कम्बोडियामा मानव अधिकार प्रतिनिधिका रुपमा काम गरी सकेका छन् बेलायती  महारानीबाट  ओबिई   प्राप्त   गर्नुभएका  सुवेदी अन्तर्राष्ट्रिय  कानुनका  विज्ञका  रुपमा बेलायतमा परिचित छन् । वातावरणका १५ वटा विविध क्षेत्रमा काम गरिरहेको यस संस्थाको नेपालमा समेत कार्यालय रहेको छ ।

यो पनि,,उत्तर  कोरियाले   आफूलाई दिन  लागेको लगभग ३० लाख  कोभिड– १९ को भ्याक्सिन  अरु  कसैलाई दिन भनेको छ ।  संयुक्त  राष्ट्रले   यसबारे जानकारी  दिएको हो संयुक्त  राष्ट्रका  एक प्रवक्ताले  संसारका  थुप्र्रै देश कोभिड महामारीलेम नराम्रोसँग  थलिएको   र अन्तरराष्ट्रिय स्तरमा कोभिड भ्याक्सिनको कमी पनि भइरहेको बताए ।

यस्तो   स्थितिमा उत्तर  कोरियाले यस्तो बयान सार्वजनिक गरेको छ ।यी भ्याक्सिन  अन्तरराष्ट्रिय कोभ्याक्स कार्यक्रम अन्तर्गत  उत्तर  कोरियालाई   दिन    लागिएको थियो । यो चीनमा  बनेको  सिनोभ्याक  भ्याक्सिन   थियो ।कोभ्याक्स कार्यक्रमको  उद्देश्य   संसारक गरिब देशलाई भ्याक्सिनको आपूर्ति गर्नु हो ।

विश्व  स्वास्थ्य  संगठ न (डब्ल्यूएचओ)  ले  १९ अगस्टसम्म उत्तर कोरियाले कोभिड–१९  का कुनै संक्रमित दर्ता गरेको छैन ।डब्ल्यूएचओले आफ्नो साप्ताहिक रिपोर्टमा ३७,२९१ व्यक्तिको  (जसमा स्वास्थ्यकर्मी  र  ती मानिसहरु समावेश थिए जसलाई फ्लूजस्तो  लक्षण  देखिएको थियो) परिक्षण गरिएको थियो र यी सबैको परीक्षण नेगेटिभ आएको छ ।

उत्तर  कोरियामा कोभिडको स्थितिबारे कहिल्यै खासै स्पष्ट जानकारी  प्राप्त  भएन ।   उत्तर   कोरियाले   महामारीको सुरुवातदेखि  नै  कडा नीति अपनाएको  दा’बी गरेको छ । अघिल्लो वर्ष को’रो’ना   महामारी   सुरु   भएसँगै  आफ्नो सीमा  बन्द गर्ने  पहिलो   देशमध्ये एक थियो उत्तर कोरिया ।उत्तर कोरियाले भ्याक्सिन लिन अस्विकार गरेको यो पहिलो घटना होइन ।

यसअघि जुलाईमा सम्भावित दुष्प्रभावलाई उद्धृत गर्दै उत्तर कोरियाले   एस्ट्राजेनेका   भ्याक्सिनको  लगभग  दुई लाख डोज  लिन  अस्विकार  गरेको  थियो  ।रुसका  विदेशमन्त्री सर्गेई लावरोवले  जुलाईमा पत्रकार  सम्मेलनमा रुसले थुप्रै पटक उत्तर कोरियालाईरुसमा बनेको स्पुतनिक भ्याक्सिन  को आपूर्तिको प्रस्ताव गरिसकेको बताएका थिए ।

उत्तर   कोरियाले   कोभिड–१९  खोपको प्रभावमाथि पनि शंका  जताएको  छ । उत्तर  कोरियाको   सरकारी मिडिया धेरैजसो  ती  खबरलाई प्रमुखताका साथ छाप्ने गर्छ जसमा अमेरिका वा  युरोपमा  भ्याक्सिनको नकारात्मक प्रभावको कुरा हुने गर्छ ।रातोपाटिबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News