‘भदौ १६, काठमाडौँ | वैदेशिक रोजगारमा गएका यहाँका एक व्यक्ति विगत पाँच वर्षदेखि परिवारसँग सम्पर्कविहीन अवस्थामा छन् । कमला नगरपालिका– ७

‘सिङ्ग्याही मडान बस्ने दुखि मण्डल विगत पाँच वर्षदेखि परिवारबाट सम्प’र्कविहीन हुनुहुन्छ । उहाँ स’म्पर्कविहीन भएपछि परिवार चि’न्तामा छ ।

‘आठ वर्ष पहिले मण्डल वैदेशिक रोजगारमा जानुभएको थियो । दुई/तीन वर्षसम्म फोनमा कु,राकानी हुने र पैसा पठाउने गरे पनि पाँच वर्षदेखि सम्पर्कविहीन भएको श्री,म ती विनिता देवी मण्डलले बताउनुभयो ।

आर्थिक अवस्थामा सुधार ल्याउन, छोराछोरीको भविष्य उ,ज्ज्वल पार्ने सपना बुन्दै श्रीमान्लाई विदेश पठाएकी विनिता यति बेला श्रीमान् हराएपछि निकै चिन्तामा हुनुहुन्छ ।

विनिताले भन्नुभयो, “श्रीमान्लाई साउदी अरबबाट कमाएर पठाएको पैसाले ऋण तिर्ने, दुई सन्तानलाई राम्रो शिक्षा दिने, एउटा घर बनाउने र खुसीयाली साथ जीवनयापन गर्ने सोचेका थिए, सुरु–सुरुमा सबै राम्रो नै थियो ।”

विनिताले थाहा पाएसम्म उहाँका श्रीमान् ऊट र बाख्राको रेखदेखको काममा जानुभएको थियो । उहाँसँग मोबाइल फोन नभएकाले मालिकले नै घरमा फोन सम्पर्क गराउने गरेको विनिताले बताउनुभयो ।

अहिले त मालिक पनि सम्पर्कमा नभएको विनिताले जानकारी दिनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News