काठमाडौं : नेपाललाई भारत सरकारले ४ अर्ब २० करोड अनुदान सहयोग गर्ने भएको छ । नेपालका १४ वटा सांस्कृ तिक सम्पदा परियो जना र १०३ वटा स्वास्थ्य

परियोजनाको पुनर्निर्माणका लागि भारतीय राजदूतावास    र राष्ट्रिय पुनर्नि’र्माण प्राधिकरणको केन्द्रीय आ’योजना कार्या’न्वयन इकाई (भवन) ले आज सम्झौ’तापत्रमा ह` स्ताक्षर गरेको हो ।

विकास साझेदारी तथा पुन:र्निर्माण प्रभागका प्रथम सचिवकरुण वंशल र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशक श्याम किशोर सिंहको उपस्थितिमा दुवै पक्षले उक्त सम्झौ’तापत्रमा हस्ताक्षर गरेका थिए ।

नेपालका ललितपुर, नुवाकोट, रसुवा र धादिङ्ग जिल्लामा १४ वटा सांस्कृ’तिक सम्पदा परियोजना तथा ललितपुर, रसुवा,

नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, गुल्मी, गोर खा र काभ्रे जिल्लामा १०३ वटा स्वास्थ्य परियोजनाका पुनर्निर्माणका लागि भारतीय राजदूतावास र राष्ट्रिय पुन :र्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्या’न्वयन इकाई (भवन) ले पुर्ननिर्माण गर्न उक्त रकम अनुदान दिएको हो ।

भारतीय दुतावासले शुक्रबार जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘२०७२ सालको भूक’म्पले क्ष’ति पुगेका यी परियोजनाहरुको ४ अर्ब २० करोड अनुदान सहयोगमा पुन:र्निर्माण गरिनेछ ।

दुवै स्वास्थ्य तथा सांस्कृतिक सम्पदा परियोजना को कार्यान्वयन निकाय राष्ट्रिय पुनर्निर्माण प्राधि करणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) रहेको छ ।’

दुतावासको अनुसार, शिक्षा, सांस्कृतिक सम्पदा स्वास्थ्य क्षेत्रका लागि ५० मिलियन अमेरिकी डलर र आवास क्षेत्रका लागि १०० मिलियन अमेरिकी डल,रका दरले भारत सरकारले भूकम्पपछिको पुन:र्निर्माण कार्यक्रम अन्तर्गत कूल २५०

मिलियन अमेरिकी डल,र विनियोजन गरेको छ । भारत सरकारको अनुदान सहयोगमा ७ जिल्लामा ७१ वटा शै क्षिक परियोजना, २८ वटा सांस्कृ’तिक सम्प,दा परियोज नाको निर्माण भइरहेको छ ।

त्यस्तै नेपालका १० जिल्लामा १४७ वटा स्वस्थ्य सुविधा र गोरखा र नुवाकोट जिल्लामा ५०,००० वटा घर,हरुको नि,र्माण भइ,रहेको दुतावासले जनाएको छ ।

यी सबै क्षेत्रमा नेपाल सरकारले गरेको पुन:र्निर्माण प्रयासमा हातेमालो गर्न भारत सरकार प्रतिबद्ध रहेको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।-रिपोर्टस नेपाल बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News