अविरल वर्षापछिको पहिरोले पर्वतको कुश्मा नगरपालि   का र मोदी गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले घर पुरिँदा ११ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्या लय पर्वतका डिएसपी शिवराज बुढाथोकीका  अनुसार पहिरोले

कुश्मा नगरपालिका ३ का एकै परिवारका पाँच जनाको मृत्यु भएको छ मृ,त्यु हुनेमा ७५ वर्षीया कौशिला पौडेल, ३५ वर्षीया भवगती पौडेल, १६ वर्षीया विमला पौडेल, ११ वर्षीया विनिता पौडे ल र ९ वर्षीय विनोद पौडेल छन् ।

त्यसैगरी पहिरोका कारण घर पुरिँदा कुश्मा नगरपालिका ११ सिल्मीका ३५ वर्षीय दुर्गा पौडेल र ६ वर्षीय गणेश पौडेलको मृ,त्यु भएको छ ।

डिएसपी बुढाथोकीकाअनुसार कुश्मा ११ पकुवाकी ७० वर्षीया डल्ली उपाध्याय पौडेल, ४० वर्षीया मायाकुमारी पौडेल र ३ वर्षीय बालक प्रयुष पौडेलको पहिरोका कारण ज्या,न गएको छ ।

त्यसैगरी पहिरोले गोठ बगाउँदा पुरिएर मोदी गाउँपालिका ५ आमबोटकी ५० वर्षीया फूल माया थापाको पनि मृ,,त्यु भएको डिएसपी बुढाथोकीले न्युज कारखानालाई जानका री दिए ।

निरन्तरको वर्षाका कारण आएको पहिरोले चारवटा घर पुरिँदा ११ जनाले ज्या`न गुमाउनु परेको बुढाथोकी बताउँछन् ।

वर्षाका का,,रण मध्यपहाडी लोकमार्गको पर्वत आमबो टदेखि कुश्मा बजारसम्मको सडक अवरु’द्ध छ । यो क्षेत्र  मा बिहीबार रातिदेखि परेको अविरल वर्षाका का’रण दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको डिएसपी बुढा थोकीले जानकारी दिए ।

उनकाअनुसार पहिराले खेतीयोग्य जमिनमा निकै ठूलो क्षति पुगेको छ भने पहिरो पन्छाउन मात्रै दुई साता बढी लाग्ने अनुमान गरिएको छ ।

पहिरोका का,रण धौलागिरीका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ सडक, विद्युत र सञ्चार सम्पर्कबाट वि,,च्छेद छन् । न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News