१९ भदौ , काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुन  माधवकुमार   नेपालले  राजालाई दाम चढाएको। भनी टिप्पणी गरेका छन् । शनिबार नेकपा एमालेको  काठमाडौं  महानगरपालिका   स्तरीय  समितिले गरेको कार्यक्रममा  उनले  माधव  नेपालले पदका लागि जे पनि गर्ने गरेको आरोप लगाए ।

‘सुन्दा  पनि बेइज्जत हुने, कहिले सामन्ती राजाको वरिपरि परिक्रमा गरेर  पाउमा लगेर दाम चढााएर ढोगेर । …प्रधान मन्त्री  हुन  पाइन्छ  कि भनेर  वरिपरि   परिक्रमा गरेर दाम चढाएर   पनि ढोगेको  छ’ उनले  भने, ‘कहिले  हुलाकबाट निवेदन पठाएजस्तो  पत्र मञ्जुषामा   प्रधानमन्त्री हुन पाउँ भन्ने निवेदन पनि हालेको छ ।’

माधव  नेपालले  दक्षिणा  प्राप्त  हुने  लोभमा एउटा वुद्धिष्ट संगठनको अध्यक्ष पनि भएको ओलीले जिकिर गरे ।त्यस्तै नेता नेपालले २०६४। सालको  संविधानसभा   निर्वाचनमा एमालेलाई  ३३  सिटमा    सीमित गरेको  र  मुख  देखाउन नसक्ने  स्थिति भयो  भनेर राजीनामा  गरेको पनि ओलीले टिप्पणी गरे ।

अहिले  एमाले छाड्नेहरुले कुनै मतभेद भएर नभई पदका लागि पार्टी छाडेको  ओलीले बताए ‘पार्टीमा हुँदा के वैचारि क मतभेद राख्न सके  ? केही  पनि  वैचारिक मतभेद छैन, कुनै अरु   विषय   नीतिका  विषयमा  मतभे द छ ? खाली स्वार्थको लडाई, मलाई यो पुगेन, त्यो पुगेन’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News