
एजेन्सी, २० भदौ । अहिलेसम्म सुन्दै आएका छौ, अल्कोहल पि’उनु स्वाथ्यको लागि हानि’कार’क हो । अल्कोहल पिउदाँ शरीरमा लीवरसहित धेरै प्रकारका रोग लाग्छन् । धेरै रक्सि पिउदा कयौपटक मानिसको मृ’त्यु समेत हुन सक्छ ।तर, भियतनाममा भने एउटा डाक्टरहरु को टिमले बिरामीलाई
अल्कोहल पिलाएर ज्यान बचाएका छन् । म’र्न लागेको बिरामीलाई डाक्टरहरुले बियर पिलाएका हुन् । एकजना बिरामीलाई बचाउन डाक्टरहरुले १५ क्यान बियर पिलाए का हुन् ।वास्तवमा गुयेन वैट हाट नामका ४८ वर्षीय व्यक्ति अल्कोहल प्वाइजनिंगको बि’रामी थिए । उनलाई स्वास्थ्य मा समस्या
भएपछि अस्पताल भर्ना गरिएको थियो । डाक्टरहरुले गर्ने सबै उपचारको विधि प्रयोग गरीसकेपछि पनि उनको होस् नआएपछि अल्कोहल पिलाए का हुन् । डाक्टरहरुले उनलाई बचाउन सफल भएपछि बियरले मानिसको ज्यान बचाउने पनि प्रमाणित भएको छ ।बियरमा इथेनाल पाइन्छ ।
इथेनालले मेथेनाललाई कम गर्छ । बीयरबाट लिवरपनि सफा हुन्छ र यसबाट इन्फेक्सन पनि कम हुन्छ । एक–एक घन्टाको बिचमा बीयरको क्यान पम्प गर्दै गुयेन वैट हाटको उपचार सम्भव भएको हो । १५ क्यान बीयर पम्प गरेपछि उनको होस आएको हो ।उनको उपचारमा सम्लग्न चिकित्सकको अनुसार बिरामीको
रगतमा मेथनाल मिथाइल अल्कोहलको स्तर निर्धारित सीमाबाट १.११९ गुना धेरै थियो । यसले फार्मिक एसिड उत्पादन गर्न गर्छ र रोगीलाई चक्कर लाग्छ । आश्चार्य लाग्दो यस्तो विधिबाट डाक्टरहरुले गोयनको ज्यान बचाएका छन् । युयेन अहिले अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।