आइतबार  रातिदेखिको  निरन्तर वर्षाका कारण काठमाडौँ का १ सयभन्दा   बढ स्थान डुबानमा परेका छन् । प्रहरीका अनुसार १३०   जना बढीलाई डु’बान क्षेत्रबाट उद्धार गरिस किएको  छ । अविरल  वर्षाका कारण काठमाडौँको खोला छेउका  सुकुम्वासी बस्ती र होचो ठाउँ डुबानमा परेको छ । डु’बान’बाट मानवीय र भौतिक क्ष’ति भएको छैन ।

गएराति टंकेश्वर, डल्लु, टेकु, तहाचल, वनस्पति चोक, नयाँ बसपार्क, परोपकार केन्द्र, माछापोखरी, गुह्येश्वरी,जोरपाटी र कालोपुललगायतका  क्षेत्र डु’बानमा  परेका छन् बागमती नदी बल्खु  क्षेत्रको  सुकुम्बासीमा  पसेपछि त्यहाँ यतिबेला बिजोग छ । खोला  छेउमा  बनाइएका   टहराहरू डुबानमा परेको छ ।  सडकमा    पार्किङ  गरेर  राखिएका  गाडीहरु डुबेका  छन् । मानिसहरुलाई   आफ्ना टहराका सामानहरु जोगाउन हम्मे हम्मे परेको छ ।

 

यो पनि,,
काठमाडौंमा गए रातिदेखि परेको अविरल वर्षाले जनजीव न प्रभावित  भएको छ । वर्षापछि  आएको भेल तथा बाढी बस्तीमा प सेको  समाचार  छ । बागमती   नदीमा आएको बाढी   नदी   किनारका   सुकुम्बासी    बस्तीहरुमा  पसेको काठमाडौं  प्रहरीले  जनाएको छ । यद्यपी   मानवीय  क्षति भने भएको छैन ।

प्रहरीका  अनुसार  रातभर   परेको  वर्षाका  कारण  भित्रि सहरमा ढल  तथा निकासको  राम्रो प्रवन्ध नहुँदा घट्टेकुलो, बानेश्वर,  गुह्वेश्वरीलगायतका   स्थानका  केही  घरमा पानी पस्नुका साथै सडक जलमग्न बनेको छ ।गुहेश्वरी आसपास मा आएको  बाढीले  सोमबार  बिहान सडक अ’ब’रुद्ध हुन पुगेको थियो ।

वरपरका  केहि  घरमा  समेत पानी पसेको बताइएको छ । बिहान ८  बजेपछि भने  सडकमा   पानीको   सतह   घटेर सवारी साधन सञ्चालनमा आएका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News