नेपाली  चलचित्र  क्षेत्रमा निर्देशक सुदर्शन थापा लभ स्टोरी चलचित्र निर्देशनमा  माहिर  मानिन्छन्  । ‘मेरो एउटा साथी छ’देखि सुरु  भएको  सुदर्शनको चलचित्र निर्देशन यात्रा ‘म यस्तो गीत  गाउँछु २’ सम्म  आइपुग्दा झनै उचाइमा पुगेको छ ।चलचित्र  ‘मेरो लभ  स्टोरी, मधुमास, प्रेमगीत, म यस्तो गीत गाउँछु,

रामकहानी, म यस्तो गीत गाउँछु २’ लगायतका लभ स्टोरी चलचित्र निर्देशन गरेका सुदर्शनले पर्दामा थुप्रै जोडीको प्रेम र विछोडको  कथा  देखाएका  छन् । उनै , सुदर्शनले आज परेको आफ्नोे  जन्मदिनको अवसरमा जीवनको नयाँ यात्रा सुरु  गरेका छ न् ।सुदर्शनले  आज  मोडल   तथा समाचार वाचिका


सुप्रिया  कटुवालसँग  इन्गेजमेन्ट गरेका  हुन्   । सुदर्शन  र सुप्रिया विगत  ६ महिनादेखि प्रेम सम्बन्धमा थिए । सुदर्शन र सुप्रियाले काठमाडौंको  एक होटलमा नजिकका आफन्त को उपस्थितीमा  इन्गेजमेन्ट गरेका हुन् । सुदर्शन र सुप्रिया को बिहे भने असोजको २२ गते हुनेछ ।

सुप्रिया केही बर्ष अगाडिसम्म म्यूजिक भिडियो अभिनयमा व्यस्त    थिइन् । उनले  दर्जनौ    म्युजिक   भिडियो र केही सिरियलमा  पनि  अभिनय  गरेकी  छिन्  । सुप्रियाले ‘रातो टिका, नयनको  बाटो,  के यो माया  हो,  कर्मै  खोटी, ब्यूटी नम्बर १, मरुभुमी, ज ब जब’  लगायतका गीतका भिडियो मा अभिनय गरेकी छिन् ।

सुदर्शन  र  सुप्रिया  केही  महिनादेखि  डेटमा  रमाइरहेपनि उनीहरुले सम्बन्धलाई भने  गोप्य  राखेका थिए । सुप्रिया र सुदर्शनको    इन्गेजमेन्टमा   कलाकार   राज    कटुवाल  र नायिका वर्षा सिवाकोटी पनि उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News