कमेडी रियालिटी  शो ‘कमेडी च्याम्पियनका २’मा पछिल्लो समय पूर्व युवराज  पारस शाहको क्यारिकेचर गरेर सबैको मनमा  बस्न  सफल  फाइनललिस्ट    प्रतियोगी  भरतमणि पौडेलको  पक्षमा  झापाको  सडकमा ‘भोट फर भरतमणि’ नारा गुन्जिएको  छ । सोमबार बिहान झापाको भद्रपुरदेखि बिर्तामोडसम्म उनलाई

भोट   माग्दै  मोटरसाइकल र्‍पालीसहित  समर्थकले  ‘भोट फर भरतमणि’ नारा  गुन्जाएका  हुन् । भरतमणि सहभागी र्यालीमा हजारौ  समर्थक  मोटर  साइकलसहित  सहभागी थिए । र्‍यालीमा  भरतमणिलाई  ‘कमेडी च्याम्पियन २’ को विजेता बनाउन भोट गर्न अपिल समेत गरिएको थियो ।

अबिर  , माला र खादाले रंगिए का भरतमणिले अभिवादन गर्दै हात हल्लाएर   आफूलाई  कमे  डी च्याम्पियन बनाउन सबैमा अनुरोध  गरेका  थिए । बिहान ८  बजेट  भद्रपुरबाट सुरु भएको  र्याली बिर्तामोड  पुगेर   एक   कार्यक्रम सहित सकिएको   थियो । ‘म   काठमाडौंबाट  आफ्नो गृहजिल्ला ताप्लेजुङतिर हिँडेको हो ।

बाटोमा  पर्ने  छिमेकी  जिल्लाका  समर्थकले आउन गरेको अनुरोध नकार्न सकिन’ भरतमणिले भने, ‘साँझ पाँचथरको फिदिममा नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरीका प्रमुख र सिडियो सापसँग सानो अन्तक्र्रिया कार्यक्रम समेत भयो ।’ पाँचथरबाट पनि आफुलाई सपोट र भोट हुने भएको खुसी उनले सुनाए ।

मंगलबार बिहान  उनी  पाँचथर  र  ताप्लेजुङको सिमानमा राखिएको साँंस्कृतिक कार्यक्रम सहितको स्वागत कार्यक्रम मा सहभागी   हुनेछन् । कमेडी   च्याम्पियनको फाइनलमा उनीसहित   सन्तोष थापा र विक्की अग्रवाल पुगेका छन् । प्रतियोगिताको फाइनल आगामी २ असोजमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News