२२ भदौ,   काठमाडौं  । प्रधानमन्त्री   शेरबहादुर   देउवाले अमेरिकी   मिलेनियम   च्यालेन्ज    कर्पोरेसन  (एमसीसी) सम्झौताबारे   बुझेका   सांसदहरुले  मात्र  बोल्न   निर्देशन दिएका छन् । कांग्रेस  संसदी  य दलको  मंगलबार  बसेको बैठकमा  सांसदहरुले  एमसीसी सम्झौता के गर्ने भनेर प्रश्न उठाएका थिए ।

जवाफमा संसदीय  दलका ने ता देउवाले अघिल्ला सरकार हरुले  पनि  कानुन   बनाएर   एमसीसीलाई  अघि बढाउँदै आएको  बताए ।यो  प्रतिस्पर्धाबाट   प्राप्त  गरेको अनुदान भएको  र   यससँग लोकतान्त्रिक   देशको   सम्बन्ध   पनि जोडिएको भन्दै   उनले  भने, ‘जुनसुकै  सहयोग प्राप्त गर्दा पनि शर्तहरु हुन्छन् ।’

तर  एमसीसीबारे  अनावश्यक  भ्रम  फैलिएको भन्दै उनले भने,  एमसीसीबारे  बुझेका  सांसदहरु बोल्नुस् । नबुझेका सांसदहरु नबोल्नुस् ।’

यो पनि,,
२२ भदौ,  धनगढी ।  नेकपा  एमालेबाट  सुदूरपश्चिम प्रदेश सरकारमा  सहभागी  भएका दुई जना   मन्त्रीले राजीनामा दिएका  छन् ।एमाले   संसदीय   दलका   नेतासमेत रहेका आर्थिक मामिला  तथा योजना  मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री  अर्चना गहतराजले  पदबाट  राजीनामा दिएका हुन् ।

विगतमा माधव  नेपाल   समूहमा  रहेका  शाह र गहतराज पार्टी   विभाजनपछि  एमालेमै र  हेका   छन् ।  बाजुराबाट निर्वाचित  शाह  ५  फागुन   २०७४  मा   तत्कालीन नेकपा नेतृत्वको   सरकारमा   आन्तरिक  मामिला   तथा   कानून मन्त्रीमा नियुक्त भएका थिए ।

पार्टी  विभाजनका  बेला एमालेस्थायी कमिटिको बैठकको निर्देशन  विपरीत  शाहले    मुख्यमन्त्री   त्रिलोचन भट्टलाई विश्वासको मत  दिएका थिए ।गत   जेठमा   एमाले  माधव समूहले  ३  जना  मन्त्रीला  ई फिर्ता बोलाएर ७ जना मन्त्री थपेको   थियो । सो   क्रममा उनी  आर्थिक  मामिला मन्त्री बनेका  थिए   भने गहतराज   राज्यमन्त्रीमा नियुक्त भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News