काठमाण्डाै – नेपाली कांग्रेसका नेता गगन कुमार थापाले पार्टीलाई व्यवस्थित र विधान सम्मत तरिकाले चलाउनका लागि आफूले महामन्त्रीको उम्मेदवारी दिएको बताउनु भएको छ ।

सोमवार काठमाण्डाैमा आयोजित नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नेतृत्व विकास र भूमिका विषयक अन्त रक्रिया कार्यक्रममा नेता थापाले पार्टीको महामन्त्री बनेप छि चार वर्षमा अधिवेशन गराउने र पार्टीका साथीहरूलाई अनशन बस्नुपर्ने स्थिती आउन नदिनका लागि महामन्त्रीमा उम्मेदवारी दिएको बताउनुभएको हो ।

नेता थापाले पार्टीका आन्तरिक समस्याहरूलाई हल गर्न सकेमात्र पनि आधा समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले पार्टीको व्यवस्थापन गर्न नसक्नेले देश, नगर, सहर बनाउँछु भनेर नप,त्याउने बताउनुभयो ।

नेता थापाले नयाँ कांग्रेस पुरानो दिनहरूलाई सम्झिएर बनाउनका लागि नौजवानको आव श्यक रहेको बताउनु भयो ।“उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेस पार्टी विधानको अक्षर–अक्षर पालना गरेर चलेन भने यो पार्टीले आफ्नो स्थिति बसाल्न सक्दैन, अहिले हामीले पाएको धेरै दुःखको कारण यही हो ।

पार्टीलाई अक्षरशः विधानको आधारमा चलाउन सक्यो भने हाम्रो धेरै समस्याको हल हुन्छ, मला ई केही नेताह  रूले महामन्त्री बनेपछि के गर्छस् भनेर सोधेका छन्, म महामन्त्री बनेपछि पहिलो कुरा पार्टीको अधिवेशन चार वर्षमा

गराउँछु र अहिले जस्तो पार्टीका साथीहरूलाई पार्टी कार्यालयमा आएर अनशन बस्ने स्थिति सिर्जना गर्न दिन्नँ, यतिमात्रै गर्न सके पनि आधा समस्या हल भएर जान्छ ।

खास गरी नौजवान साथीहरूलाई मेरो अपिल छ, आह्वान छ, तपाईँ हामी मिलेर यस्तो कांग्रेस बनाउनुपर्नेछ, कांग्रेस नयाँ बनाउने हो तर पुरानो दिनलाई सम्झिएर बनाउने हो ।

नेता थापाले ठूला–ठूला कुरा नगरि, स–सानो काम पूरा गरेर देखाउने काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । देशमा संविधानको शासनको पक्षमा उभिने कांग्रेस आफ्नो पार्टी भित्र पनि विधिको शासन स्थापित गरेर छाड्ने बताउँदै उहाँले ठूला नेताहरूले साथ दिएर पार्टीलाई अघि बढाउनु  पर्ने बताउनुभयो ।

अहिले नेपाली कांग्रेस सभापति तथा प्रधान मन्त्री शेरबहा दुर देउवाको घरमा अप,रिचित समितिले क्रियाशील सदस्य ताको बारेमा गर्नै नहुने काम गरिरहेको नेता थापाले बता उनु भयो ।

उहाँले पूर्व,प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई जनालाई उ,त्तेजनामा ल्या,उन र दुई, चार वटा मत बिगार्नका लागि पशुपतिको ढोका दिनमा पाँच पटकसमेत पुग्न तयार रहेको बताउनुभयो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News