सङ्खुवासभाको  मादी  नगरपालिका वडा न. १ उम्लिङमा भएको एकै परिवारका ६ जना ह’त्याप्रकरणमा अनुसन्धान का क्रममा   मंङ्गलबार घ’ट’ना    अनुसन्धान    गर्ने  क्रममा घ’टना’स्थलबाट नाै  गे’डी  मुन्द्री  लगायतका सुनका गहना , करीब चा र लाख रुपैँया  रकम  चार  सेट  माेवाइल फाेन फेला परेको साे घ’ट’ना अनुसन्धानमा संलग्न

सङघीय  प्रहरी  इकाई कार्यालय धरानका प्रहरी उपरिक्षक भीम दाहालले जानकारी  दिनुभयो ।मादी १ उम्लिङ स्थित खोलागाँउमा बौदमान कार्कीको परिवारको रहस्यमय हत्या प्रकरणमा घ’टना   अनुसन्धानको   लागि    जिल्ला   प्रहरी कार्यालय    सङ्खुवासभाका    प्रहरी     नायव  उपरिक्षक (डिएसपी) लालध्वज  सुवेदीको  टोली त्यस्तै इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी

निरिक्षक   योगराज   खतिवडाको   टोली  , सङघीय प्रहरी इकाई कार्यालय  धरानका प्रहरी उपरिक्षक भीम दाहालको कमाण्डमा रहेको  विशेष टिम,   नेपाल   प्रहरीको  केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लगायतको टोली घटनास्थल पुगेर अनुसन्धान  गर्ने क्रममा काेठामा बाकसमा राखिएका गहना  नगद  करीब  चाल  लाख  रुपैँया रकम फेला परेको दाहालले बताउनुभयो ।

आइतबार राती भएको एकै परिवारका छ जनाको हत्यामा संलग्न  अ’प’राधी   पत्ता   लगाउन   सङ्घीय प्रहरी इकाई कार्यालय  धरानको  डग शाखाबाट   दुईवटा  तालिम प्राप्त कुकुर समेत  खटाइ  अनुसन्धानमा   निरन्तर   लागिरहेको जनाइएको छ  ।प्रहरीका अनुसार मंङ्गलबार विहान घ’ट’ना स्थलमा नेपाल प्रहरीको केन्द्रीय

अनुसन्धान   ब्युरोबाट   प्रहरी  नायव  उपरिक्षक  (डिएपी) रुकमबहादुर  कुँवरको कमान्डम  रहेको टोली घट’ना स्थल पुगेर अनुसन्धानको  प्रक्रियालाई  झनै   फराकिलो   रुपमा अगाडि  बढाइएपछि घट’नास्थलबाट उक्त सामानहरु फेला फेला परेको जनाइएको छ । सङघीय प्रहरी इकाई कार्याल य धरानका  प्रहरी उपरीक्षक भीम दाहाल नेतृत्वको टोलीले अनुसन्धान तल्लो तहमा पुगिसकेको जनाएको छ ।

मादी  नगरपालिका  वडा न. १ उम्लिङ स्थित खोलागाँउमा बौदमान कार्कीको  श्रीमती ८४  वर्षिय पार्वता कार्कीे त्यस्तै छोरा ५२  वर्षिय तेज  बहादुर  कार्की , बुहारी   ५२  वर्षिय कमला कार्की र  नातीनी  बुहारी ३२ वर्षिय रञ्जना कार्की, ११ वर्षिय  नाती दिपेन  कार्की र  ७  वर्षिय   नातीनी गोमा कार्की   बारीमा  सोमबार  एकै दिन  मृ’त  अवस्थामा फेला परेका थिए ।

श’वलाई   मंगलबारनै पोस्टमार्टमका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान  धरान पठाइएको जनाइएको छ ।अनुसन्धानका क्रममा मृ’तक तेजबहादुर कार्कीको धारिलो हतियार प्रयोग गरि ह’त्या  भएको र अन्यको रड प्रहार गरि ह’त्या भएकोे खुलेको प्रहरीनिरिक्षक खतिवडाले जानकारी दिनुभयो । मृ’तक  सवैको टाउको र श’रीर भर चो’ट रहेको जनाइएको छ ।

उक्त घ’टनाबाट ८५ वर्षिय बौदमान कार्की बाँच्नु भएको छ प्रहरीले दिएको जानकारी  अनुसार बौद्धमान कान नसुन्ने र हल्का   आँखा   समेत  देख्न   नसक्ने    भएका ले घ’ट’ना कतिबेला भयो  भन्ने कुनै जानकारी नभएको बताइएको छ उक्त घट’नामा संलग्नता दो’षिको  खोजी कार्य जारी रहेको र अ’प’राधी पत्ता लगाएर चाँडै

का’रबा’हीको  दायरामा   ल्याउन    निरन्तर  अनुसन्धानमा लागि  परेको   प्रमुख   जिल्ला    अधिकारी    टेकनारायण पौडेलले जानकारी दिनुभयो । घ’टनाको  सत्य  तथ्य छिटो भन्दा  छिटो   पत्ता   लगाउन  निरन्तर    अनुसन्धान  जारी राखेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

घ’ट’नामा संलग्न हुन  सक्ने अ प’राधी फरार   हुन   नदिन सोमबारबाटै     सङ्खुवासभाका   सबै  नाकाहरुमा  प्रहरी परिचालन समेत गरिएको  प्रमुख जिल्ला अधिकारी पौडेल ले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News