सर्बा’धिक रुपमा  दर्शकले  रुचाएको  एक मात्र शो ‘कमेडी च्याम्पियन’ सिजन -२ का  अब्ब ल प्रतिभाका खानी भरत मणी पौडेल  को एति   बेला चारै तिर  खुब  चर्चको  बिषय चल्दै छ।   उनको समर्थकले  भरतमणिले   जित्नेछन भन्दै भोट माग्दै मोटरसाइकल र्‍याली समेत गरेका छन्। उनलाइ सामाजिक सन्जाल मार्फत  विभिन्न ब्याक्तित्वहरुले सुभका मनाको ओइरो दिइरहेका छन्।

अब
कमेडी  च्याम्पियन– २  को   उत्कृष्ट   तीन    (फाइनलिष्ट) प्रतियोगी  भरतमणि  पौडेलको    यतिबेला सबैतिर  छाउन सफल भएका छन्  । उनी जहाँ जान्छन्, त्यहाँ उनको भव्य स्वागत  र सम्मान  समेत गरेको छ  । मंगलबार गृह जिल्ला ताप्लेजुङ  पुगेका  भरतमणिलाई  त्यहाँ  पनि भब्य स्वागत गरिएको छ ।ताप्लेजुङ–पाँचथरको सीमा क्षेत्र काबेलीबाट

मोटरसाइकल  र्यालीसहित   फुङ्लिङ   भित्र्याएर  उनलाई नौमति  बाजा  र बिभिन्न  कल्चरल    भेषभूषाम सजिएका जिल्लावासीले  उनलाई  बजार  परिक्रमा गराइएका थिए ।कमेडी   च्याम्पियन  सिजनको   दुईको  उपाधि चुम्न सक्ने शुभकामना दिँदै  ताप्लेजुङका   नागरिकले  उहाँलाई  फूल माला, खादा र अबिरको बर्षा समेत गराए ।

सोमबार पनि भरतमणिको पक्षमा झापाको सडकमा ‘भोट फर  भरतमणि ’ नारा  गुन्जिएको    थिय । उनलाई अबिर, माला र खादाले सजाएर भद्रपुरदेखि बिर्तामोडसम्म उनका लागि भोट  माग्दै मोटरसाइकल    र्यालीसहित   समर्थकले ‘भोट फर   भरतमणि ’ नारा  गुन्जाएका   थिए   । र्यालीमा हजारौ समर्थकको सहभागिता रहेको थियो ।

र्यालीमा  भरतमणिलाई ‘ कमेडी  च्याम्पियन २’को विजेता बनाउन भोट  गर्न अपिल  समेत गरिएको थियो ।यति मात्र कहाँ हो र सामाजिक  संजालमा  समेत भरतमणिको चर्चा राम्रो छ । उनले  पछिल्लो समय दिएको पूर्व युवराज पारस शाहको   गेटअपको  तस्बिर    पोष्ट  गर्दै  विजेताका  लागि शुभकामना दिने गरिएको छ ।

कमेडी च्याम्पियनका  विजेता  भरतमणि हुनुपर्छ र बनाउनु पर्छ आवाज अहिले जताततै देख्न र सुन्न सकिन्छ ।चर्चा त उनको  ब्यापक छ  । तर  उनलाई    कमेडी  च्याम्पियनको विजेता   बन्न  चर्चाले   मात्र  पुग्दैन । प्रशस्तै   भोटको पनि आवश्यकता पर्दछ । किनभने कमेडी च्याम्पियनको फाइन लमा उनीसहित सन्तोष थापा र विक्की अग्रवाल पनि छन् ।

तीन  मध्ये  दर्शकको   भोट जसको   ब ढी हुन्छ, त्यसलाई विजेता बन्न सहज  हुनेछ । भरतमणिले जित्लान् त कमेडी च्याम्पियन  ? अहिले  नै  भन्न   सकिने अवस्था भने छैन । भरतमणि भने आफु  विजेता  भएपनि नभएपनि दर्शकहरु का लागि  आगामि  दिनमा  पनि नियमित र उत्कृष्ट कमेडी दिन पछि नहट्ने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News