बुधबार बसेको प्रतिनिधि  सभाको पहिलो बैठकको सुरुवा तमै एमालेले  अव’रोध  थालेपछि   सभामुख   अग्निप्रसाद सापकोटाले  पन्ध्र–पन्ध्र  मिनेटका   लागि  दुईपटक  बैठक स्थगित गर्नुपर्यो। एकैदिन तीनपटक बैठक बसे पनि एमाले सांसदहरुले  संसदको   कामकारवाही अघि  बढ्न दिएनन् तर,   एमालेकै  तेस्रो  धारका  १०  सांसदहरुको भने व्यथा बेग्लै थियो ।

एमालेले का’रवाही गरेका माधव नेपाल सहितका १४ जना सांसदलाई ‘गैरसांसद’  भन्दै  उनीहरुलाई  का’र’वाही नगरे सम्म   बैठक  अघि  नबढ्ने   भन्दै   एमालेका सांसदहरुले सभामुखको  आसन अगाडि उभिएर नारा लगाएका थिए । यसरी  नारा  घन्काउनेहरूको  अग्र पङ्तीमा एमाले सांसद खगराज  अधिकारी, निरु पाल, महेश बस्नेत लगायत थिए ।

तर, त्यहीबेला एमालेका तेस्रो धारका सांसदहरु भने साइड लागे  ।एमाले  सांसद    भीमबहादुर   रावलमा   जु’लुसमा मिसिएका  थिएनन् । संसदमा बि’रोध भइरहेको अधिकांश समय  उनी मोवाइल  चलाएर  बसेका थिए । त्यस्तै गोकर्ण विष्ट  पनि   संसद भवनको   ढोका  छेवैमा   बसेका थिए । योगेश  भट्टराई,  यज्ञराज   सुनुवार  लगायतका  पूर्व माधव नेपाल पक्षका सांसदहरु भी’डबाट छेउ लागेका थिए ।

उता केपी ओलीका क’ट्टर सम’र्थक  सांसदहरु भने आ’क्रो शित मुद्रामा नारा लगाइरहेका   थिए । सभामुखको आसन लाई लक्षित गर्दै  अगाडि  बढेकी  सांसद  गंगा  चौधरीलाई म’र्यादापालकले    छेकेको  फोटो    यतिबेला  सामाजिक  सञ्जालमा    भाइ’रल भइरहेको  छ । बैठक   सकिएपछि सभाहल  बाहिर  आएका  पूर्व    माधव    नेपाल  समूहका एक सांसदले भने– ‘बि’रोध गर्न दिलदेखि नै आउनुपर्‍यो,

त्यसले मष्तिष्कलाई सन्देश दिन्छ । मष्तिष्कले अह्राएपछि मात्रै वि’रोधका  लागि  मु’ठ्ठी  उचालिने हो । अहिले   हामी त्यहाँसम्म पुग्न  सकेका  छैनौँ  । बिस्तारै  त्यो  धारमा अघि बढ्दै   जान्छौँ । अहिलेका   लागि    दिलदेखि नै  त्यो कुरा सम्भव  छैन ।’सभामुखविरुद्ध    एमालेको  प्रत्याक्रमणका क्रममा वि’ रोधमा उत्रिएका  सांसहरुलाई  हेर्दा  त्यहाँ केपी ओली  समर्थक र पूर्व माधव नेपाल पक्षका सांसदहरु स्पष्ट छुट्टिएको थियो ।

प्रतिनिधिसभाको  हलमा एकैदिन ३ पटक बसेको बैठकमा नेकपा एमालेका सांसदहरु तिनै रामकुमारी झाँक्री लगायत १४  जना गैरसांसद    रहेको र उनीहरु  सदनमा   भएसम्म सदन चल्न नदिने भन्दैनारा लगाइरहेका थिए । तर, बाहिर  को दृश्यको   भने फरक थियो । बैठक  सकिएपछि  संसद भवनको प्राङ्गणमा  नेकपा एकीकृत समाजवादीकी सांसद

रामकुमारी झाँक्री नेकपा एमालेका सांसद योगेश भट्टराई र गणेश  पहाडी   सञ्चारकर्मीको   अगाडि  सामुहिक  फोटो खिचाइरहेका  थिए । ज सले  प्रतिनिधि   सभाभित्र  जस्तो गतिविधि  भए  पनि  बाहिर  उनीहरुबीच ब्यक्तिगत मित्रता राम्रो छ भनेर सन्देश दिन खोजेको थियो । फोटो खिचाइस केपछि सांसद भट्टराई विभिन्न

देशहरुको  उदाहर ण दिँदै  नेपालको  संसद   निकै शान्त र मर्यादित रहेको बताइरहेका थिए । अब  भदौ २५ गते बस्ने बैठकमा  एमाले सांसदहरुको भूमिक कस्तो हुनेछ त्यो भने हेर्न बाँकी छ  । बुधबार वि’ रोधका बी   सभामुखले अधिवे शनमा  संसदको  अध्यक्षता   गर्ने सांसदहरुको नाम वाचन गरे भने गृहमन्त्री वालकृष्ण  खाणँले  राजनीतिक दलसम्ब न्धी ऐन दोश्रो संसोधन २०७८ अध्यादेश पेस गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News