वीरगँज ।  प्रदेश नम्बर २ का एक वडाध्यक्षले नेपाल भारत सीमामा  तारबार   लगाइदिएका  छन् । प्रदेश  नम्बर २ को पर्सा जिल्लास्थित   ठोरी गाउँपालिकाका  एक वडाध्यक्षले तारबार  लगाएका  छन् ।लिपुलेक   र   कालापानी  क्षेत्रमा भारतीय पक्षले मिचेको   सीमाको  विषयलाई लिएर सडक देखि सदनसम्म सीमा क्षेत्रमा

काँ’डेतार  लगाउनुपर्ने  भन्दै वि’रोधको  आवाज उठिरहेको बेला  पर्साको   पश्चिमी क्षेत्र  ठोरी गाउँपालिका  वडा नम्बर ३ का वडाध्यक्ष  सूर्य बहादुर  लामाले भारतसँग जोडिएको सीमा क्षेत्रमा तारबार नै लगाइदिएका छन् ।भारतको विहार सँग   सीमा   जोडिएको   वडा–३  अन्तर्गत  पर्ने ठुटेखोला नजिकैको पिलर नम्बर ४३५–१

देखि  ४३१– ४ सम्मको  करिब  ५   किलोमिटरको  दूरीमा तारबार लगाएका हुन् ।वडाध्यक्ष लामाले स्थानीय प्रशासन प्रहरी र गाउँपालिका  अध्यक्षको  सहयोगमा  २०७४ मंसिर बाट तार लगाउन सुरु  गरिएको  रठुटे खोलादेखि ब्रह्मनगर सम्म   गरी  १९  वटा  साना  ठूला  पिल्लर रहेका करिब ५ किलोमिटर क्षेत्रमा अन्तर्राष्ट्रिय कानुनअनुसार दशगजा क्षेत्र छाडेर तार लगाएको जानकारी दिए ।

को’रोना संक्रमणको सन्त्रासपछि गत ११ चैतदेखि सरकार ले देशभर   लगाएको   ‘लकडाउन   ’पछिको  हालसम्मको अवधिमा करिब १ हजार ५ सय मिटर काँडेतार लगाइएको छ ।यो अवधिमा वडाभित्रका भारतसँग सीमा जोडिएका १ हजार  ८ सय  मिटर  क्षेत्रमा  तार  लगाउन बाँकी रहेकामा भारतीय पक्षको अ’वरोधपछि ३ सय मिटर तार

लगाउने काम  रोकिए को छ ।सो क्षेत्रमा दुवैतर्फका प्रतिनि धि बसेर नापजाँच गरेर तार  लगाइने  सहमति रहेको उनले जनाएका छन् ।‘छिमेकी मुलुकले देशभर सीमा अतिक्रमण गर्दा  कताकता  दु’ख्दो रहेछ  । मैले  आफ्नो वडाअन्तर्गत प र्ने सीमा   क्षेत्रबा टै भए  पनि  भूमि   जोगाउन  काँडेतार लगाउन सुरु गरें, ’ वडाध्यक्ष  लामाले भने, ‘भारतीय पक्षले विवाद गराएर

अ’वरोध  गरेपछि  ३ सय  मिटर  बाँकी काम रोकियो ।त्यो पनि   सहमतिबाट   छिट्टै   सु  रु हुन्छ  ।’वडाध्यक्ष लामाले गाउँपालिकाबाट वडाका   लागि आएको विकास बजेटबाट छुट्याएर आफूले  सीमा क्षेत्रको  सुरक्षाका  लागि काँ’डेतार लगाएको  जानकारी  दिए । २०७४ देखि हालसम्म विकास बजेटबाट तारबारका लागि

पहिलो  वर्ष  १५  लाख , दोस्रो  वर्ष १० लाख र गत वर्ष ८ लाख बजेट कटौती  गरेर सीमा क्षेत्रमा तार लगाएको उनले बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News