काठमाडौं – नेपालकै अहिलेको जल्दाबल्दा चर्चित संचार कर्मी तथा बरिस्ठ पत्रकार रबि लामिछाने किन mcc को बिषयमा बोलेन भन्ने खाल्का टीका टिप्पणी धेरै जनमासले उठाइ रहेको बेला लामिछाने ले आफ्नो धारणा दिएको छ!

रबि लामिछाने भन्नुहुन्छ जति बेला केही मानिसहरु फाइ  दा बेफाइदा खोजिरहेको थियो, त्यति बेलै मैले mcc को चर्को बिरोध गरेको थिए तर हालै अहिले galaxy 4k कार्यक्रम प्रसारणको लागि धेरै ब्यस्तताको कारण केही धारणा हरु राख्न नसकेको बताउनु भएको छ हेरौ वहाको mcc बारे धारणा जस्ताको त्यस्तै।

“MCC बारे मैले त त्यति बेला नै बोलेको थिएं जति बेला केही मानिसहरु बोल्दा वा नबोल्दाको फाइदा/ बेफा इदा हिसाब गर्दै थिए। हेर्न, सुन्न, बुझ्न छुटाउनु हुनेहरुका लागि फेरि पनि दिहो र्याएर भन्छु: बिना परिमार्जन जस्ता को तस्तै लागू हुने भएको खण्डमा म MCC को बिपक्षमा छु।

MCC का बुंदाहरु संशोधन हुदैनन् भन्ने अमेरि की अडान सँगै, बिना संशोधन संसदबाट पारित हुनु हुदैन भन्ने मेरो अडानपनि कायम नै रह्यो। लिखित जवाफ मार्फत MCC अमेरिकाले नेपालको संविधान भन्दा माथी यो सम्झौता होइन भनेछ।

त्यसो भए त्यो र अन्य त्यस्ता बुदा संशोधन गर्न के को आपत्ति ? मैले नबुझेको रहेछु भने बिज्ञहरुले बुझाइदिनु होला। सच्चिन तयार छु। तथ्य फेरिएछ भने धारणा फेरौला।

नोट: कुनै पनि विषयमा यस्ले आफ्नो धारणा राखिदिए हुन्थ्यो भन्ने स्वभाविक जिज्ञासालाई उच्च सम्मान गर्दछु।हाल म Galaxy 4K को अन्तिम तयारीमा अत्यन्तै ब्यस्त हुन पुगेका कारण कयौं विषयमा बोल्न पाएको छैन।

त्यसकालागि क्षमा गर्नु होला तर तपाईंको प्रतीक्षाले अब महिना दिन पनि काट्ने छैन। छुटेका सारा हिसाब अब छिट्टै र सोझै Galaxy 4K मार्फत नै हुन्छन्।

कुनै प्रश्न बाँकी भए अघिल्लो लाइन दोहोर्‍याएर पढिदिनु होला। धन्यवाद।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News