काठमाडौ : नेपाल नागरिक उड्डयन प्राधिकरणले सेप्टेम्बर महिनाका लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गरेको छ । नयाँ तालिका अनुसार अब काठमाडौंबाट भार तकोराजधानी नयाँ दिल्लीका लागि सातामा १० उडान हुने भएको छ ।

यूएईको सारजहा विमानस्थलबाट एयर अरेविया ले हरेक दिन दुई उडान गर्ने गरी अनुमति पाएको छ । एयर अरेवि याकै जहाज आबुधाबीबाट समे त हरेक दिन काठमाडौं आउन पाउने गरी अनुम ति पाएको छ ।

फ्लाई दुबईको जहाज दुबई इन्टरनेसनल एयर पोर्टबाट सातामा १० उडानसहित काठमाडौं आउने छ । हिमालय एयरलाइन्सले मलेसियाको क्वालालाम्पुर विमानस्थलमा साताको ६ उडान (सोमबारबाहेक) गर्नेछ ।

दुबई विमानस्थलमा हिमालयको जहाजले शुक्र बारबाहे  क साताको ६ उडान गर्नेछ ।कतारको हमाद इन्टरनेशनल विमानस्थटलमा हिमालय को जहाजले सातामा कुल ७ उडान गर्ने गरी अनुमति पाएको छ!

जजिरा एयरवेज कुवेतबाट हरेक दिन एक उडान लिएर काठमाडौं आउने छ । दक्षिण कोरियन एयरको जहाज दक्षिण कोरियाबाट हरेक बुधबार काठमाडौं आउने गरी अनुमति पाएको छ ।

मलेसिया एयरलाइन्सको जहाज हरेक शनिबार क्वाला लाम्पुरबाट काठमाडौं आउने भएको छ ।नेपाल एयरला इन्सले कतारको हमाद इन्टरनेसन लमा हरेक दिन एक उडान गर्नेछ ।

दुबई इन्टरनेसनल एयरपोर्टबाट नेपाल एयर लाइन्सले सातामार चार (सोमबार, बुधबार, बिहीबार र शनिबार) उडान गर्नेछ । कुन देश कति फलाइट तालिका तल हेर्नुस् ।-हाम्रो खबर बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News