वीरगन्ज :  वीरगन्जस्थित  सर्वोत्तम स्टिल उद्योगले ५ जना मजदुर मृ’त्युको घ’ट’ना एक  सातासम्म  लुकाएको  रहस्य खुलेको छ। भदौ १० गते फलाम गलाउने क्रममा उद्योगको भट्टी प’ड्कि’एर १५ मजदुर घा’इते भएका थिए। तीमध्ये ५ जनाको मृ’त्यु एक साताअघि नै भएको खुलेको हो।

तर,  उद्योगले  त्यसबारे  औपचारिक  जानकारीसमेत  दिन मानेको छैन।उद्योग व्यवस्थापनले सख्त घा’इते ६ जनालाई भदौ १०  गते  रातारात भारतको पटनास्थित एपोलो अस्प ताल पठाएको  थियो। त्यसमध्ये ५ मजदुरको मृ’त्यु भएको जानकारी पर्सा प्रहरीले बिहीबार मात्र पाएको छ।

मृ’त्यु हुनेमा भारत बिहारका ५२ वर्षीय विनोद पाण्डे र २७ वर्षीय गगन  नायक  उत्तर प्रदेशका ३२ वर्षीय धिरु सहनी, लखनउका ३७ वर्षीय मानस परिदा र ३० वर्षीय रामपुकार यादव   छन्। पटनाको   एपोलो    अस्पतालमा  उपचारका क्रममा  ३ ज नाको भदौ १६ गते र २ जनाको भदौ १८ गते मृ’त्यु भएको जानकारी बिहीबार

मात्र  पाएको पर्साका एसपी बेलबहादुर पाण्डेले बताए। ‘५ जनाको मृ’त्यु भएको  रहेछ,’ एसपी   पाण्डेले अन्नपूर्णसँग भने, ‘तर, यो  जानकारी  बिहीबार मात्रै पाएका हौं।’ वास्त विकता लु’काउने   उद्योगको   प्रयास   उद्योग  व्यवस्थापन पक्षले ५ जना मजदुरको मृ’त्युबारे  आधिकारिक जानकारी नै दिन   मानेको   छैन। भट्टी  बिस्फोटको  घ’ट’ना उद्योगले सुरुदेखि नै ढाकछोपको प्रयास गरेको थियो।

उद्योगका महाप्रबन्धक गुरुप्रसाद चौधरीसँग बिहीबार साँझ प्रतिक्रिया  लिन  खोज्दा  उनी  सम्पर्कमै   आउन चाहेनन्। उनको मोबाइल नं ९८५१२३७१८७ मा पटक—पटक फोन गर्दा नउठाइ काटेका छन्। घ’टना भएको दिन पनि सञ्चार कर्मीलाई घ’टनास्थलमा जान बन्देज गरियो। व्यवस्थापनले उद्योगको मूल गेटबाटै सञ्चारकर्मीलाई फर्काएको थियो।

वीरगन्जमै  सुविधासम्पन्न ठूला अस्पताल भए पनि घ’ट’ना को वास्तविकता बाहिर आउन नदिन व्यवस्थापनले ६ जना घा’इते  मजुदरलाई रातारात भारतको पटना लगेको थियो। घ’ट’ना    भएकै   दिन    वीरगन्जमा   उपचाररत मजदुरले उद्योगकै  लाप’रबा’हीका   कारण  भट्टी   पड्किएर आ’गो लागेको बताएका थिए।

त्यही दिन ६ जनासहित  अरू  घा’इतेलाई   रातारात पटना लगिए   को थियो। उद्योगले   पुराना  कवाडी संकलन गरेर ल्याएको   सिलिण्डर  भट्टीमा  पर्दा दु’र्घ’टना  भएको घाइते मजदुरले  बताए।   तर, उद्योग    व्यवस्थापनले   भने  फ्रेस फलाम जन्य कच्चा प दार्थबाट मात्र बिलेट उत्पादन गरिरहे को दाबी गरिरहेको छ।

भदौ १० गते घ’ट’ना बारे  सञ्चारकर्मीलाई  जानकारी दिने क्रममा घा’इते मजदुरले  उद्योगले   बजारबाट संकलन गरी पुराना खिया लागेका पुराना स्क्रेप (कबाडी फलाम) खरिद गरेर बिलेट  र डण्डी उत्पादन  गर्दै  आएको खुलासा गरेका थिए।  ‘भट्टामा  फलामजन्य   कवाडहरू   हाल्यौं। त्यसमा ग्यासको सिलिण्डर पनि रहेछ,’

घा’इते मजदुरले  भनेका  थिए , ‘सिलिण्डर पड्किएर भट्टा बि’स्फोट भयो। आ’गोको लप्कामा  हामी  पर्‍यौं।’  फलाम जन्य कवाडमा सिलिण्डर पनि मिसिएको र उक्त सिलिण्डर मा ग्यास भए, नभएको आफूहरूलाई जानकारी नदिइएको ती  मजदुरले बताए। अरू स्टिल  उद्योगले   बिलेट आयात गरेर फलामको डण्डी उत्पादन गर्दै आएका छन्।

घ’ट’नाको  वास्तविकता  लुकाउने   उद्योग  व्यवस्थापनको प्रयासलाई स्थानीय प्रशासनले पनि साथ दिएको आ’शं’का गरिएको  छ।   साताअघि नै ५   जना मजदुरको मृ’त्यु भए पनि स्थानीय प्रशासनले भने त्यसबारे जानकारीसमेत राखे को छैन। पर्साका प्रमुख

जिल्ला   अधिकारी   पिताम्बर घिमिरेले  ५ जना मजदुरको मृ’त्यु भएको  जानकारी   आधिकारिक   रूपमा नआएको बताए। ‘मैले पनि  मौखिक रूपमा  मात्रै सुनेको छु। उद्योग व्यवस्थापनसंग बुझ्छु,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News