कलाकार ऋचा शर्माले बुधबार मात्र पुत्रा लाभ गरेकी छन। उनले पुत्रा लाभ गरेपछी  दर्शक हरुले विभिन्न माध्यामबाट सुभकामना  दिइरहेका  छन। उनले   छोराको  नाम   फोटो सहित  सार्बजनिक  गरेर फे सबुकमा स्टाटस लेखेकी छन्। उनले छोरालाइ  असल  मान्छे  बनाउने लोभ प्रस्तुत गरेकी छन्।उनको  छोराको  नाम आभ्यान बिक्रम राणा बताएकी छन।

अब
‘एउटा  असल  आमा  जो एउटा  दरिलो   साथी  पनि  बन्न सकोस् र छोरालाई पुरुष मात्र नभएर असल मान्छे बनाउन सकुँ भन्ने मात्र  लोभ  छ अब ।’आज  धेरै  कुराहरु   लेख्छु भनेर उनले  सुरु  गरेको  स्टाटसमा  भनेकी   छन्– ‘यो   ९ महिनाको मनोवाद सब पोख्छु भनेर सोचिरहेको थिए ।

तर आज शब्दको अभाव महशुस भइरहेको छ,भावनालाई कसरी बुनुम  भइरहेको  छ । हिजोसम्म आफै केटाकेटी छु जस्तै  लागिरहेको  थियो । आज एकाएक परिपक्व भएको झै आभास  भइरहेको  छ ।’‘सोच्दा  पनि  पृथिवी  बोके झै लाग्छ,  आ ज मलाई  आमा  भन्ने  कोही खासको आगमन भएको छ’ उनले अगाडि थपेकी छन् ‘

अनेक    कुराह   रु मनमा    खेलिरहेका  छन् । उत्सुकता, अस्थिरता,  हर्ष , पीर,   डर,  दृढता,  संकल्पहरुको   बाढ़ी मनभित्र  चलिरहेको  छ । पर्दामा अनेक भूमिका निभाउँदा निभाउँदै आज पर्दा बाहिर  आमा  बन्ने सौभाग्य पाउँदा, यो जत्तिको  महत्वपूर्ण  र  न्यानो  चरित्र   सायद   मैले कहिले निर्वाह गर्ने मौका पाएको थिइन ।’

जीवनमा आजसम्म के कति कमाए लेखा–जोखा नभएको बताएकी उनले सन्तानको आगमनसँगै आफु जत्तिको धनी मान्छे कोही छैन  भन्ने लागेको समेत लेखकी छन् । २०७६ मंसिर २१  गते  दिपेक्ष  राणासँग  प्रेम   विवाह गरेकी शर्मा पछिल्लो  समय ‘कमेडी च्याम्पियन २’ मा जजको भूमिका निर्वाह गर्दै आएकी थिइन् ।

सन्तान  जन्माउने  दिन  नजिकिएपछि   उनले   गत साताा ‘कमेडी  च्याम्पियन  ’ बाट   बिदा   लिएकी   हुन् । कमेडी च्याम्पियनको अब हुने फाइनलमा उनी देखिने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News