सरकारले दीर्घ रोगीहरूलाई मासिक ५ हजारका दरले रकम दिने भएको छ।आज संसदमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले दीर्घरोगीलाई मासिक ५ हजार दिने घोषणा गरेका छन्।

सरकारले क्यान्सर, मिर्गौला रोगलगायतका गम्भीर प्रकृति का बिरामीलाई मासिक पाँच हजार रकम दिन लागेको हो।प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच सरकारले प्रति स्थापन विधेयक ल्याएको छ

यो पनि,,गायक उदिप नारायण झालाई ‘नेल्सन मण्डेला पिस नोवेल अवार्ड’

काठमाडौं । गायक उदिप नारायण झाले तीन ओटा सम्मान तथा अवार्ड पाएका छन्। उनले ‘नेल्सन मण्डेला पिस नोवेल अवार्ड’ ‘डक्ट्रेट एण्ड पोष्ट ह्यूमस’ र ‘ह्युमन एक्सलेन्स गोल्ड मेडल’

अवार्ड गरी तीन ओटा सम्मान तथा अवार्ड दिइएको छ।अवार्ड पाएको फोटोहरु सेयर गर्दै झाले सम्मान र अवार्ड पाएको कुराबारे फेस बुकमार्फत जानकारी दिएका हुन्।

गायक उदिप नारायण झाले नेपाली थुप्रै गीत हरूमा स्वर दिएका छन्। साथै, उनी भारतमा निकै लोकप्रिय गायकको रुपमा परिचित छन्।

उनले नेपाली, हिन्दी, मैथिली, नेपाल भाषा, उर्दू, तमिल, तेलगु, मलयालम, कन्नड, उडिया, आसामी र सिन्धी भाषाहरूको चलचित्रमा पार्श्व गायकको रूपमा गीत गाएका छन ।

उनले हालसम्म करीब ३२ भाषाहरूमा २५ ,००० भन्दा बढी गीत गाएका छन ।जसमा २६० चलचित्रहरू हिन्दी भाषाका छन।

उनले पद्म श्री पुरस्कार पनि जितेका छन। उनले सन् २००१ मा प्रबल गोर्खा दक्षिण बाहु नेपाल को तत्कालिन राजा श्री ५ बिरेन्द्र बिर बिक्रम शाह देवबाट प्राप्त गर्नुका साथै सन् २००९ मा भारतको उच्च सम्मान पदक पद्म श्री पुरस्कार बाट सम्मानित भएका थिए।

यो पनि,,१२ घण्टा समय लगाएर जोडिएका जुम्ल्याहाको टाउको गरियो सफलता पूर्वक शल्यक्रिया

इजरेलमा चिकित्सकहरुले टाउको जोडिएका दुई बालि कालाई शल्यक्रियापछि अलग गरेका छन् । एक वर्षका जुम्ल्याहा बालिकालाई शल्यक्रियामार्फत अलग गरेका हुन् ।

शल्यक्रियाका सम्पन्न गर्न चिकित्सकहरुलाई १२ घण्टा समय लागेको थियो ।बियरसेवा सहरको सोरोका मेडिकल केन्द्रमा भएको सो शल्यक्रियाका लागि महिनौंदेखि तयारी गरिएको थियो

शल्यक्रियामा स्वदेश तथा विदेशका दजनौं विज्ञहरु संलग्न थिए । शल्यक्रिया सफल भएको चिकित्सकहरुले बताए का छन!

शल्यक्रियापछि दुबै बालिकाको अवस्था सामान्य छ । ‘उनीहरुले आफै खाइरहेका छन् र श्वासप्रश्वासका लागि अक्सिजन आवश्यक परेको छैन्,’ सोरोका प्लाष्टिक सर्ज  री विभागका प्रमुख एलदाद सिल्बरस्टिनले भने ।

इजरायलमा टाउको जोडिएका बच्चाको शल्यक्रियामार्फत अलग गरिएको यो पहिलो घटना हो । विश्वभर अहिलेसम्म यस्तै प्रकृतिका २० ओटा शल्यक्रिया भइसकेका छन् ।

शल्यक्रिया गर्नु केही महिनाअघि बालिकाहरुको टाउकोको छाला तन्काउन ताप प्रदान गर्ने सिलिकन व्याग राखिएको थियो । खोपडी अलग गरेपछि नयाँ छाला हालिएको थियो ।टाउको जोडिएका ती बालिकाहरुको जन्म सन् २०२० को अगस्टमा भएको थियो !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News