काठमाडौं, २५ भाद्र । सरकारले युट्युव, फेस बुकलगायत सामाजिक सञ्जालमार्फत् आर्जित आम्दानीमा १ प्रतिशत कर लगाउने भएको छ ।

सामाजिक सञ्जालमा अपलोड गरिएको सामाग्रीमार्फत् प्राप्त भुक्तानीमा बैंकमार्फत् स्वतः १ प्रतिशत कर का,ट्ने भएको हो ।

आज अर्थमन्त्री जर्ना,दन शर्माले प्रतिस्थान विधेयकमार्फत् बजेट प्रस्तुत गर्दै १ प्रतिशत कर का,ट्ने उल्लेख गरेका हुन् ।

एमाले सांसदहरुको नारावाजीबीच प्रस्तुत बजेट पेश समेत गरेका छन् । उनले आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋ,ण उठाउने अध्यादेश २०७८ र विनियोजन अध्यादेश २०७८ को प्रतिस्थापन विधेयक प्र,स्तुत गरेका हुन् ।

यो पनि,,दीर्घ रोगीलाई मासिक ५ हजार दिने सरकारको घोषणा

सरकारले दीर्घ रोगीहरूलाई मासिक ५ हजारका दरले रकम दिने भएको छ।आज संसदमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले दीर्घरोगीलाई मासिक ५ हजार दिने घोषणा गरेका छन्।

सरकारले क्यान्सर, मिर्गौला रोगलगायतका गम्भीर प्रकृतिका बिरामीलाई मासिक पाँच हजार रकम दिन लागेको हो।प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच सरकारले प्रति स्थापन विधेयक ल्याएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News