इटहरी /लामो  समयदेखि ‘ब्लड क्यान्सर’ रोगबाट पि’डित पुर्वेली गायक राजु चौधरीको नि’ध’न  भएको  छ । उनलाई नेपालमा  उपचार  सम्भव नभएपछि दिल्लीस्थित बिएलके अस्पतालमा  उपचारका लागि लगिएको थियो । चौधरीको सोही   अस्पतालमा   उपचारको  क्रममा   नि’ध’न  भएको पारिवारिक श्रोतले पुष्टि गरेको छ ।

प्रदेश १  को  बिर्तामोडमा  स्थापना  भै  आफ्नो छुट्टै स्थान बनाएर चर्चामा  रहेको  रेडियम  ब्यान्डमा  चौधरी   आबद्ध थिए । उमेरले भर्खरै २८  लागेका राजुका आफन्त विशाल अग्रवालले  बोनम्यारो ट्रान्सप्लान्ट प्रक्रियाकै क्रममा उनको मृ’त्यु  भएको   जानकारी   गराएका   छन् । आज शुक्रवार बिहान   २ बजेको  समयमा   राजुको   नि’धन  भएको  ‘द स्याडोज नेपाल’का  गायक  स्वप्निल शर्माले समेत सामाजि क सञ्जालमा लेखेका छन् ।

यो पनि,, काठमाडौँ  / सभामुख  अग्निप्रसास  सापकोटाले पेलेर  संसद बैठक अघि बढाएपछि प्रमुख प्रतिपक्षी नेकपा एमाले आ’क्रोशित भएको छ  ।सभामुखले   बैठक   नरोके पछि प्रमुख प्रतिपक्षी  नेकपा  एमालेका सांसद र मर्यादापा लकहरुबीच  संसद्  बैठकमा  घम्साघम्सी   समेत   भएको थियो ।

एमालेका सांसद रेखा झाले शुक्रबारको बैठकमा सभामुख सापकोटातिर हान्न आसनको माइक नै तानेकी थिइन् । तर त्यसलाई   मर्यादापालकहरु  ले रोकिदिएका   थिए। उनले बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मिलेको भए सभामुख को टा’उ’कोमा हान्ने बताइन् ।

‘मिलेको  भए  त्यही   माइक ले म  सभामुखको टा’उकोमा हा’न्थेँ। सभामुखले संसदीय मर्यादा कायम राखेनन्’, उनले भनिन्, ‘अब मौका  पाएँ  भने  म  सभामुखको  टा’उकोमा हान्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News