विश्लेषक अरुणकुमार सुवेदीले आफुले अमे रिकाबाट   १० लाख खायो भन्नेबारे सामाजिक सञ्जालमा आएको डकुमेन्ट फेक भएको स्प,ष्ट पारेका छन् ।

हिजो राति प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहान्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग बोल्दै उनले यस्तो बताएका हुन् । साथै, पिएचडी गरेका व्यक्तिले समेतले ‘फेक डकुमेन्ट’ लाई सेयर गरेको देख्दा आफुलाई दया लागेको उनको टिप्पणी थियो ।

भारतका रामचन्द्र गुहा, गौतम नवलखा र अरु णधती रोय जस्तै मानसिकता भएका उनीहरु का मानसपुत्रहरु नेपाल मा रहेको बताउदै हरेक कुरामा प्रहार र विरोध गर्ने एउटा दुष्ट बौद्धिक जमातले यसको विरो,ध गरेको सुवेदीले आ ,रोप लगाए ।

साथै, एमसीसीको सम्झौतामा स्प,ष्ट रुपमा नेपालको महालेखापरीक्षकले अडिट गर्न पाउने लेखिएको बताए । तर, यस्ता कुरामा सार्वज निक रुपमा गलत ब्याख्या गर्नु भनेको अर्थ व्यवस्थाको विरु,द्ध, विकास र राष्ट्रप्रतिको द्रोह भएको भन्दै भीम रावललाई पनि कारबाही गर्नपर्ने माग गरे ।

त्यसैगरी एमसीसीलाई नेपालको संसद्बाटै पारित गर्नपर्ने भन्ने कुरा नेपालकै कानुन मन्त्रालयले राखेको बताउदै यसबारे पनि विरोध गर्नुमा कुनै तुक नरहेको बताए ।

नेपालको मस्तिष्क नियन्त्रण एसिया फन्डेसनले गरिहेको बताउदै उनले नेपालका नेता,,हरुले विकासको विरोध गर्नुको का,रण जनतालाई सधैं गरिबीमा राखेर सधैंभरि भोटको खेती गर्ने सोच बनाएको आ,रोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News