काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सभामुखलाई माइकले हान्ने योजना नरहेको स्पष्ट पारेका छन् । आइतबार संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले संसद बैठकमा सभामुखलाई माइकले हान्ने एमालेको योजना नरहेको स्पष्ट पारेका हुन् ।

बैठकमा अध्यक्ष ओलीले भने, ‘सभामुखलाई माइकले हान्ने हाम्रो योजना थिएन, नभएको कुरा बोल्नु हुँदैन।’ शुक्रबार बजेट अध्यादेश प्रतिस्थापन विद्येयक पेस गर्न बसेको संसद बैठकमा एमाले सांसदहरुले आवरोध गर्नुका साथै माइक खोसाखोस समेत भएको थियो ।

त्यसपछि संचारकर्मीहरु  सँग बोल्दै एमालेकी सांसद रेखाकुमारी झाले गृहमन्त्रीको माइक खोसेर सभामुखको टाउकोमा हान्ने योजना भएको सार्वजनिक रुपमै बताएकी थिइन्। तर अध्यक्ष ओलीले आजको बैठकमा त्यो भनाइ सत्य नभएको स्पष्टिकरण दिएका हुन् ।

त्यस्तैगरी अध्यक्ष ओलीले संसदमा मर्यादित र शिष्ट तरिकाले बिरोध गर्न एमाले सांसदहरुलाई ब्रिफिङ गरेका थिए l

यो पनि,,एमसीसी बिरु,द्ध बोल्नेहरुलाई राष्ट्रद्रोहको मु,द्धा हालेर का,रवाही गर्नुपर्छ, सुबेदि

विश्लेषक अरुणकुमार सुवेदीले आफुले अमे रिकाबाट   १० लाख खायो भन्नेबारे सामाजिक सञ्जालमा आएको डकुमेन्ट फेक भएको स्प,ष्ट पारेका छन् ।

हिजो राति प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहान्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग बोल्दै उनले यस्तो बताएका हुन् । साथै, पिएचडी गरेका व्यक्तिले समेतले ‘फेक डकुमेन्ट’ लाई सेयर गरेको देख्दा आफुलाई दया लागेको उनको टिप्पणी थियो ।

भारतका रामचन्द्र गुहा, गौतम नवलखा र अरु णधती रोय जस्तै मानसिकता भएका उनीहरु का मानसपुत्रहरु नेपालमा रहेको बताउदै हरेक कुरामा प्रहार र विरोध गर्ने एउटा दुष्ट बौद्धिक जमातले यसको विरो,ध गरेको सुवेदीले आ,रोप लगाए ।

साथै, एमसीसीको सम्झौतामा स्प,ष्ट रुपमा नेपालको महालेखापरीक्षकले अडिट गर्न पाउने लेखिएको बताए । तर, यस्ता कुरामा सार्वज निक रुपमा गलत ब्याख्या गर्नु भनेको अर्थ व्यवस्थाको विरु,द्ध, विकास र राष्ट्रप्रतिको द्रोह भएको भन्दै भीम रावललाई पनि कारबाही गर्नपर्ने माग गरे ।

त्यसैगरी एमसीसीलाई नेपालको संसद्बाटै पारित गर्नपर्ने भन्ने कुरा नेपालकै कानुन मन्त्रालयले राखेको बताउदै यसबारे पनि विरोध गर्नुमा कुनै तुक नरहेको बताए ।

नेपालको मस्तिष्क नियन्त्रण एसिया फन्डेसनले गरिहेको बताउदै उनले नेपालका नेता,,हरुले विकासको विरोध गर्नुको का,रण जनतालाई सधैं गरिबीमा राखेर सधैंभरि भोटको खेती गर्ने सोच बनाएको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News