सिकागोका   एक   नवविवाहित   जोडी सोसल मिडियामा एकाएक चर्चामा  आएका छन् । उनीहरु चर्चामा आउनुको कारण भने  निकै रोचक छ । यी जोडीले आफ्नो विवाहमा सरिक  नभएका  आमन्त्रितलाई  खानाको   बिल पठाएका छन् । खानाको बिलको फोटो उनीहरुले सोसल मिडियामा पोस्ट गरेका थिए ।

४४ वर्षका डो सिमोन्स,  ४३ वर्षकी डेड्रा म्याकगीले जमाइ काको  रोयल्टन  नेग्रिल  रिसोर्ट  र  स्पामा आयोजित भव्य विवाह पार्टीका  लागि  १०९ जना   पाहुनालाई   आमन्त्रण गरेका  थिए । कतिले  विवाहमा  कुनै पनि हालतमा सरिक हुने पक्कापक्की गरेका थिए तर विवाहका दिन भने सरिक भएनन् ।

नवविवाहित  जोडीलाई  यो  कुराले निकै रुष्ट बनायो तसर्थ अनुपस्थितहरुको खानाको  बिल बनाउने निधो गरे ।फेसबु कमा पोस्ट गरिएको एक  बिलको नमूना अनुसार विवाहमा सरिक  नभएका  एकजना आमन्त्रितले १२० डलर तिर्नुपर्ने र दुईजना भएको खण्डमा २४० डलर तिर्नुपर्ने छ ।

‘यहाँ   तोकिएको   रकम   तपाईंहरुको  व्यक्तिगत सीटका लागि हो । किनभने   तपाईंहरुले   आफ्नो  अनुपस्थितिका लागि न त फोन  गर्नुभयो न  उचित  सूचना प्रदान गर्नुभयो यो रकम  हामीले  तपाईंको   सीटका  लागि  गरेको अग्रिम भुक्तानी  हो । तपाईंहरुले   हामीलाई  जेले र पेपालमार्फत् भुक्तानी गर्न सक्नुहुन्छ । तपाईंहरुलाई के सहज हुन्छ,

त्यसका लागि हामीलाई सम्पर्क गर्नुहोला । धन्यवाद,’ उक्त बिलमा  भनिएको  छ ।यो  बिल  फेसबुकमा  पोस्ट गर्दै डो साइमन्सले  लेखे, ‘तपाईंले   यस्तो  बिल  पाउनु  भयो भने अपमानित  महसुस  नगर्नुहोस् । मैले यो बिल इमेलमार्फत् पठाउनेछु । ’अडिटीसेन्ट्रल   अनुुसार    सानो  व्यवसायका सञ्चालक  साइमन्सले न्यूयोर्क टाइम्ससँगको कुराकानीमा भने,

‘हामीले  चारपटक सम्म पनि सोध्यौं, ‘तपाईंहरु आउनुहुन्छ नि, आउन सक्नुहुन्छ  नि ?’ उहाँहरुले   आउँछौं  भनिरहनु भयो । हामीले जमाइकाका  लागि अग्रिम भुक्तानी गर्नुपर्यो यो ए क डेस्टिनेसन  वेडिङ थियो । ’‘कसैले पनि ‘हेर हामी त आउन  सक्दैनौं ’ भनेर  केही  भनेनन्, न एउटा मेसेज नै छोडे । हामीले त्यति मात्रै चाहेका थियौं ।

केही नभन्ने  अनि  विवाहमा पनि नआउँदा, हामीले उनीहरु र   उनीहरुको  पार्टनरका   लागि  पनि  भुक्तानी गर्नुपर्यो । चारजना   आठजना   हुन्छन्  । मै ले यसलाई नीजि रुपमा लिएँ ।’यो रोचक बिलले  सोसल मिडियामा मानिसलाई दुई समूह बाँड्यो । कतिले   उनीहरुको तारिफ गरेका छन् भने कतिले उनीहरुको आलोचना पनि गरेका छन् ।

साइमन्सले   पछि  आफ्नो   फेसबुकमा  यस्तै  समस्यासँग जुध्ने धेरैले   आफूलाई समर्थन  गरेको  र आफ्नो भयानक अनुभव साझा गरेको पनि जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News