दुई महिना अगाडि सार्वजनिक तीज गीत ‘हान्छु तिम्लाई लौरीले’ बोलको गीतलाई लिएर नेपाल मौरीपालक महा  संघले आपत्ति जनाएको छ । खेम सेञ्चुरी र कमला घिमि रेको स्वरमा सार्वज निक उक्त गीतमा समावेश शब्दप्रति महासंघले आ,पत्ति जनाएको हो । महासंघले गीतमा समा वेश ‘तो,री खायो मौरीले’ भन्ने शब्दमा आपत्ति जनाएको छ ।

यसप्रति मौरीपालक महासंघ दुःखित रहेको र कृषकह रुलाई आक्रोशित र अन्यौल बनाएको भन्दै मौरीपालक महासंघले आईतबार विज्ञप्ती नै जारी गरेको छ । मौरी पालक महासंघले गीत सम्प्रेषित र प्रकाशित गर्नेप्रति खेद प्रकट गर्दै कानुनी कारवाही गर्न आग्रह गरेको छ ।

साथै, यो गीतको प्रशारण बन्द गर्न पनि महा संघले माग गरेको छ ।तोरी उत्पादनमा मौरी विचरण गर्दा ३० देखि ३३ प्रतिशत भन्दा बढी उत्पादनमा बृद्धि भएको अवस्था    मा उक्त गीतले गलत सन्देश प्रस्तुत गरेको मौरीपालक महासंघ का अध्यक्ष शिव प्रसाद शर्माले अनलाइनखबर सँग बताए ।

उनले भने–‘मौरीले तोरी खाएपछि राम्रो उत्पा दन हुँदो रहेनछ भन्ने खालको नकारात्मक सन्देश गीतले सम्प्रेषण गर्न खोजेको छ ।’ गीत सार्वज निक भएको लामो समय सम्म जानकारी नपाए को र जानकारी पाउनासाथ वि,रोध जनाएको उनले बताए । उनले कृषि मन्त्रालय, गृह मन्त्रा लयमा समेत यसबारे जानकारी गराएको बताए ।

यस गीतलाई नेत्र अर्यालले लेखेका हुन् । उनले शब्दलाई केवल विम्बका रुपमा मात्र प्रयोग गरिएको बताए । उनले गीत, संगीतमा धेरै कुराहरु विम्बका रुपमा प्रयोग हुने बता उँदै गीत सार्वजनिक भएको लामो समयपछि विज्ञप्ती आए कोमा आश्चर्य प्रकट गरे ।

उनले भने–‘हामीले केवल विम्बका रुपमा ‘तोरी खायो मौरीले’ प्रयोग गरेका हौं । त्यसमा कसैको उत्पादनमा न्यूनिकरण गर्ने, ह्रास् ल्याउने किसि मका शब्द प्रयोग गरेका छैनौं । यो त सिधै सिर्ज नामा बन्देज लगाउन खो,जेजस्तो कुरा भयो ।’ उनले अगाडि भने–‘तिमी जून जस्ती छौं भन्दा यू,वतीको अनु,हार गोलो परेको हुन्छ र ?’

उनले गीतसंगीतमा यसरी विज्ञप्ती आउँदै जाने हो भने सर्ज कले गीत लेख्ने समयमा प्रत्येक संघसंस्थामा धाउनु पर्ने अवस्था आउन सक्ने गुनासो गरे ।

उनले अगाडि भने–‘मौरीले मिहिनेत गरेर आएर गुलियो मह बनाउँछ । साना नानीहरुलाई तिमी हरुले पनि मिहिनेत गरेर पढ्नुपर्छ भन्ने हिसावले विम्बका रुपमा तोरी र मौरी लाई प्रस्तुत गरिएको हो । अब उहाँहरुलाई कसरी हानी गर्यो ? उहाँ हरुले नै बताउनुहोला ? अनलाइनखबरबाट

भिडियो सामाग्री हेर्नुस।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News