खोटाङ – खोटाङको हलेसी तु,वाचुङ नगरपालिका-१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार मगर अनलाइन कक्षाबाट पढ्न रुखमा टाँड (डेरा) बनाएका छन् ।

सर,स्वती मावि अर्खौलेमा कक्षा १० मा अध्य,यरत छात्र मगरले रुखमा (डेरा) बनाएर महिना दिनदेखि अनलाइन कक्षामा सहभागिता जनाइरहेका छन् ।

उनले अर्खौले नवरपुरको पुछारमा रहेको सिम्लेमा डाटा कनेक्सन हुने ठाउँ खोजेर रुख मा डेरा बनाएर अनलाइन कक्षामा सहभागी हुँदैआएको बताए ।अनलाइन कक्षा सञ्चालन भइरहेका बेला उनी रुखमा चढेर पढ्छन् ।

विद्यालयले २४ साउनदेखि अनलाइन कक्षा मार्फत पढाइ सुरु गरेको छ। तर, नवलपुर सिम्लेमा मोबाइलबाट खासै इन्टनरनेट चल्दैन । डाटा बल्लतल्ल कनेक्ट हुन्छ । कनेक्ट भइहाले जुम मिटिङ मा ज्वाइन हुन सम्भव थिएन ।

त्यही का,रण उनी ८/९ दिनसम्म अनलाइन कक्षामा सह भागी हुन सकेनन् । पढाइ छुट्न थालेपछि उनले जुक्ति निकाले ।‘घरभन्दा माथि माथिका डाँडामा निस्केर प्रयास गरेँ तर क,ने क्सन राम्रो देखिएन ।

एउटा रुखको फेद मुनि बसेर चेक गरेँ । त्यहाँ कनेक्सन राम्रो देखायो । रुखमा चढ्दा अझ राम्रो कने’क्सन होला भनेर रुख,मा चढेँ । अझ राम्रो क,नेक्सन देखायो ।

जुम मिटिङमा जोडिन सफल भएँ,’ छात्र मगरले भने, ‘रु,खमै चढेर दुई दिन अनलाइन क्लासमा सहभागी बनेँ । दिनभर रुखमा बसेर क्लासमा स,हभागी हुन क,ठिन भएपछि रुखमै बस्ने डेरा बनाएको हुँ ।

’छात्रले पढ्नका लागि डाटा कनेक्ट हुने ठाउँ खोजेर रुखमै डेरा बनाएर पढाइप्रति देखाएको लगावले ह,र्षित बनाएको सरस्वती माविका निमित्त प्रधानाध्यापक नविन चाम्लिङले बताए।

सर,स्वती माबिमा कक्षा ६ देखि कक्षा १० स,म्मको पठन–पाठन अनलाइन माध्यमबाट सञ्चालन भइरहेको छ । ३ असाेजबाट भौतिक उपस्थिति मै पठन पाठन सुरु गर्ने निर्णय हलेसी तुवाचुङ नगरपालिकाले गरिसकेकाे छ।

१६ वर्षीय धनकुमार परिवारको जेठो सन्तान हुन् । उन,  का भाइ नयन कक्षा ८ मा पढ्छन् । उनीहरु आमासँग बसिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News