आफ्नो अ न्धो दाईको सहारा बनेर ९ वर्षीय बैनी सारदा जाजरकोट देखि काठमाडौको बाटोसम्म अगरबत्ती बेच्दै हिडिरहेकी छिन् ।कक्षा १२ मा पढ्दै गरेका २६ वर्षीय दा जु दिपक सिंहले आँखा देख्दैनन् र बैनीको सहारा लिएर अगरबत्ती बेच्दै हिडिरहेका छन् ।

करिब २ वर्षदेखि दिपक र उनकी बहिनीले बाटोबाटोमा यसरी अगरबत्ति बेच्दै हिडेका छन् ।सारदा भ,र्खरै गाउँबाट आएको र दिपकको सहारा बन्दै उनी हि,डिरहेकि छिन् ।

दिपकले पिठिउमा सानो दुधे छोरालाईपनी संगै लिएर हिड्ने गरेका छन् ।कृतिपुरमा साथीहरूले धु,प बनाउने र त्यसलाई बजारमा लगेर बेच्ने काम दि,पकले गर्दै आएका हुन् ।

यस कामबाट दिपकले दैनिक ५०० देखि ८०० सम्म कमाउने बताए ।दिपकको आँखा उनी ३ वर्षको भएपछि आँखा पाकेको त्यसको राम्रो उपचार गर्न नपाउदा उनले आखाको ज्योति गु,माउनु परेको बताए ।

दिपकको अहिले आँखाको नानी नै छैन र उपचार पनि नहुने अवस्था आएको छ । आफुले थाहा पाउनु भन्दा अगाडि नै दृष्टि बि हिन् हुनु परेकोले उज्यालो र अँध्यारो सबै उस्तै भएको उनी बताउँछन् ।

तर जीवनमा दृस्ठि गु माएर निकै सं कटको सामना गर्नु परेको पनि उनी जोड्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News