काठमाडौंँ ।  अभिनेत्री  अदिती  बुढाथोकी पछिल्लो समय माल्दिभ्समा  छन् । उनी  छुट्टी  मनाउन  साथीहरूका साथ त्यहाँ  पुगेकी हुन् । उनले  माल्दिभ्सको   समुद्री  किनारमा विकिनी    लगायत   बिभिन्न   पोजमा    खिचेको    तस्बिर सामाजिक  संजालबाट  सार्वजनिक   गर्दै  आफ्नो  बारेमा जानकारी दिने गरेकी छन् ।

उनले  सार्वजनिक  गरेका तस्बि र निकै  ह’ट  एण्ड  बो’ल्ड रहेको छ ।  जसको  चर्चा समेत हुन थालेको छ । पछिल्लो समय  निषेधाज्ञा  अगाडि  फिल्म  ‘बाबरी’को छायांँकनका लागि नेपाल आएकी उनी निषेधाज्ञाले सुटिङ रोकिए लगत्तै भारतको मुम्बई फर्किएकी थिइन् । मुम्बईमै उनले को’रोना

विरुद्धको   खोप   समेत    लगाएकी  थिइन् ।  सामाजिक संजालमा सार्वजनिक  गर्ने बोल्ड तस्बिरका कारण बलिउड मिडियामा  समेत  बेलाबेलामा  छाउन  सफल उनी नेपाली सेलिब्रेटीहरुमध्ये इन्स्टाग्राममा  सर्वाधिक फलोअर्स भएकी अभिनेत्री हुन् ।

अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘कृ’बाट नायिका को रुपमा  नेपाली फिल्म  डेब्यु गरेकी उनी मुम्बई संघर्षरत मोडल पनि हुन् ।  केही हिन्दी र पञ्जाबी गीतमा मोडलिङ गरेकी  उनी  दशैँपछि  फेरि फिल्म ‘बाबरी’को छायांकनमा सक्रिय रहने छिन् ।

फिल्ममा  उनको  जोडी  धिरज  मगर रहेका छन् । यसको अलवा  उनको  हातमा  केही नेपाली फिल्म रहेको बताइए को छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News