छबिलाल सुवेदी, काठमाडौं । सुनसरी जिल्लाको दुहबी -८ सिस्वानी टोल स्थित गंगा बहादुर खत्रीको छोरा जीवन बहादुर खत्रीलाई सानै उमेरमा बोन म्यारो (Bone Marrow) सम्बन्धी भयानक रोग लागेको छ । सानै उमेरमा उनीलाई यस्तो डरलाग्दो रोगले च्याप्दा सबै दुखित छन् ।

सामान्य रुपमा मजदुरी गर्दै आफ्नो परिवार चलाउँदै आएका जीवन बहादुर बुढाथोकीलाई ३ महिनादेखि यता रोगले च्यापेसँगै बज्रपात परेको हो । मजदुरीबाट घरखर्च चलाउदै आएका उनीहरुको परिवारलाई ठूलो आपत परे सँगै उपचारमा आर्थिक अभाव आएको छ ।

जिवनको बोन म्यारो ट्रान्सप्लान्ट गर्नु पर्ने डाक्टरको सल्लाह छ । नेपालमा यसको उपचार खर्चिलो हुने हुँदा भारत स्थित दिल्लिमा उपचार गर्न लग्नु पर्ने अवस्था रहेको छ । लगभग ट्रान्सप्लान्ट गर्नको निम्ति ३० देखि ३५ लाख सम्म खर्च हुने सम्बन्धीत
डाक्टरहरुले परिवारलाई बताएका छन् ।

मजदुरी गर्दै आएको बुढाथोकी परिवारले उपचार गर्न नसके सँगै भएको बाख्रा,गाई बेचेर साथै सबैसँग सहयोग संकलन गरेर जिवनको उपचार गर्ने अठोट लिएको छ । जिवनका बुबाले गहभरी आँसु बनाउँदै हिपमत अनलाई मिडिया मार्फत छोराको उपचारको निमित्त सकेको सहयोग गरिदिनु भन्दै देश विदेशमा रहने मनकारी महानुभावलाई हार गुहार गरेका छन् ।

हालसम्म ८-९० हजार मात्र संकलन भएको समेत उनका बुबाले बताएका छन् । जिवनको उमेर सानो छदै यस्तो बज्रपात आईपरेको छ । उनका सानो काखका छोएआ छन् । परिवारमा यस्तो बज्रपात परेसँगै जिवनका श्रीमती, दिदी ,आमा लगायत सबैले जिवनलाई बँचाउनको निम्ति आर्थिक सहयोग गर्न सबैलाई अनुरोध गरेका छन्।

सहयोग गर्नको लागि : ३० देखि ३५ लाख सम्मको खर्च लाग्ने डाकटरको भनाइ ,उपचार गर्नको लागि भारतको दिल्ली लग्नुपर्ने बाध्यता। कृपया आ आफ्नो स्थानबाट जति हुन्छ सहयोग गरौ ,तपाइको सानो सहयोगले कसैको जिवनमा रंग भर्ना सक्छ कसैको जीवन बाच्न सक्छ। सहयोगको लागि सम्पर्क :- हिपमत रिपोर्टर : हुस्सैन सेख -९८१७३४६४६७,बुवा : गङ्गा बहादुर खत्री -९८१२३५४३१८,A/c Number : 06-028-00829448-01-4(Krishi Bikash bank )

हिपमत अनलाई मिडियाका रिपोर्टर हुस्सैन सेखले जानकारी पाएँसँगै यो पिडालाई सार्वजनिक गरेको उनले जनाएका छन् । उक्त मिडियामा यो पिडादायी खबर सार्वजनिक भएसँगै सबैको चासो त्यता तिर गएको छ । सके आर्थिक सहयोग गरौं नसके सहयोगी हातहरु सम्म न्युज साथै भिडियो हरु शेयर गरि पुर्‍याऔं ।

मेचीमहाकाली परिवार अनुरोध गर्दछ कि दुहबीका जनप्रतिनिधिहरुको यस विषयमा तत्काल ध्यानाकर्षण भई विपन्न यो पिडित परिवारको निम्ति सजेको आर्थिक सहयोग संकलमा जोड दिईयोस। भोट चल्ने जनता पिडामा पर्दा आवाज समेत बुलन्द गरिदिनु पनि जनप्रतिनिधि को दायित्व रहने हुँदा दायित्वबाट पर नभाग्न सबैमा सुसूचित गर्दछौं । (यो समाचार पढ्दै हुनुहुन्छ भने मानवता सम्झेर एक शेयर गर्नुहोला) मेचिमहाकाली बाट  भिडियो यहाँ छ 👈👈

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News