सर्बाधिक  रुपमा  रुचाइएका  चर्चित लोकप्रिय नायक पल शाह र  स्वरकी   धनी प्रीय   गायिका   समीक्षा  अधिकारी सांगीतिक क्षेत्रमा एकै लगापका छन्। गायिका अधिकारी र नायक शाह ले केही गितको म्युजिक भिडियोमा समेत सँगै काम गरेका  छन्। उनिहरु  दुबै  जनाले एक साथ अभिनय गरेको म्युजिक भिडियो दर्शक ले पनि निकै रुचाएका छन।

अब,
नायक  पल  शाह   र गायिका   समिक्षा   अधिकारी  केही समयदेखि   सांगीतिक  बजारको  गसिपको केन्द्रमा छन् । गायिका अधिकारी र नायक शाहले  केही म्युजिक भिडियो मा समेत  काम  गरेका  छन्  । उनीहरुले   अभिनय गरेको ‘डिग्री  सम्म  पढम्ला’  बोलको  गीतको भिडियो पनि केही दिन अगाडि सार्वजनिक भएको छ ।

जुन  भिडियोलाई  दर्शकले  औषत  रुचाएका   छन् पल र समिक्षाको चर्चा युटुबमा  सार्वजनिक हुने म्युजिक भिडियो मा मात्र होइन, टिकटकका कारण पनि खुबै हुन्छ । मायाले भरिएको  टिकटकमा  समिक्षा र पल दिल खोलैर निकटता देखाउँछन् । समिक्षाले  केही समय अगाडि अनलाइनखबर सँग कुरा गर्दै पल शाहको आफू ठूलो फ्यान भएको बताए  की थिइन् ।

तर ,सांगीतिक बजारमा चलेको चर्चालाई मान्ने हो भने पल र   समिक्षाको  निकटता  फ्या  न र  स्टारको  मात्र होइन ।समिक्षाले स्वर  दिएका   थुप्रै गीतमा पल  शाहले  अभिनय गरेका छन् ।  समिक्षा  पनि पलसँग  नजिक भएर टिकटक बनाउन उत्साहित हुने  गर्छिन् ।   सामाजिक काममा समेत पललाई समिक्षाले साथ दिदै आएकी छिन् ।

केही महिना अगाडि पल र समिक्षाले अभिनय गरेको ‘सुर्ती मोड्दै  ’ बोलको   गीत  पनि   सार्वजनिक भएको  थियो ।वुझिएअनुसार, एक टेलिभिजन कार्यक्रममा पल र समिक्षा को बिषयमा  सार्वजनिक हुन लागेको एक रिपोर्ट समेत यी दुईको आग्रहमा रोकिएको थियो । पल र समिक्षा आफूहरु विचको सम्बन्धको गसिप सार्वजनिक नहोस् भन्ने चाहन्छन् ।

के पल र  समिक्षाको सम्बन्ध ‘स्टार र फ्यान’को मात्र हो या त्यो भन्दा पनि माथि छ ? पक्कै पनि यी दुइले चाडै नै मुख खोल्लान् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News