कानुन,  न्याय  तथा  संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले  मुलुकको  विकास  र समृद्धिका  लागि  एमसीसी आवश्यक   रहेको  बताएका  छन् । शुक्रवार कोशी टप्पुमा प्रकृति संरक्षण कोष  मातहतको  कोशी टप्पु संरक्षण केन्द्र को कार्यालय   उद्घाटन गर्न सुनसरी  पुगेका मन्त्री कार्कीले

एमसीसी  मुलुकको  बिकास र समृद्धिका लागी आवश्यक रहेको बताएका हुन् । उनले  दलीय खिचातानीले एमसीसी ओझेल   पर्ने   सम्भावना  बढाएको   भन्दै  जसरी भएपनि संसदबाट पास गराउनुपर्ने बताए । उनले एमसीसी बिकास परियोजना  भएकाले यसको  विषयमा राजनीति गर्नु नहुने उल्लेख गरे ।

एमसीसी संसदबाट पास गराउनको लागि सबैबीच सहमति को खाँचो रहेको  उनले   औंल्याए । मन्त्री कार्कीले असोज ४ गते बस्ने  संसद बैठकले बजेटको  विषय   अघि बढाउने बताए  । संसद  भित्रको  गतिरोध  हटाउने  विषयमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल

जारी रहेको  भन्दै उनले केही दिनभित्रै राजनीतिक निकास निस्कने विश्वास व्यक्त गरे । कोशी टप्पु वन्यजन्तु आरक्षमा आजबाट   स्थापना  भएको कार्यालयल मानव – वन्यजन्तु द्धन्द्ध  व्यवस्थापनका   साथै  संरक्षण   तथा    सम्भाव्यता अध्ययनका विषयमा काम गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News