इलामका भरतमणि पौडेलले रियालिटी सो ‘कमेडी च्याम्पियन-२’ को उपाधि जितेका छन्। विक्की अग्रवाल र सन्तोष थापालाई ह,राउँदै पौडेलले शनिबार राति भएको फाइनलमा उपा धि जितेका हुन्।

पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्व युवराज पारस शाह, घरबेटीजस्ता प्रस्तुति दिएर निकै चर्चामा आ,एका पौडेलले उपाधि जितेका हुन्। उपाधिसँगै पौडेलले कार र २५ लाख नगद समेत पाएका छन्।

आफ्नो भोगाइ मिसाएर समय सान्दर्भिक सामाजिक तथा राजनीतिक व्यंग्य गर्ने उनको खुबीलाई दर्शकले अत्यधिक रूचाएका थिए।

आत्मविश्वासका साथ स्टेजमा उत्रिने उनी पूर्वेली लवजमा सहजताका साथ कमेडी गर्न सक्छन्। त्यसैले उनी आफ्ना सबै प्रस्तुतिमार्फत दर्शक लाई बाँधि,राख्न र अपिल गर्न सफल रहे। मास अपिल गर्न सक्नु भरतमणिको बलियो पक्ष हो। यही कारण उनी प्रतियोगिताभर अरूमाथि हाबी भइरहे भन्दा फरक पर्दैन।

यसमा उनको पूर्वअनुभवले पनि साथ दियो। ताप्लेजु ङवासी उनी रेडियो तमोरमा ‘टेन्सन-फ्री’ कार्यक्रम चला उँथे। यही कार्यक्रममार्फत उनले पूर्वाञ्चल हुँदै काठमा डौंसम्म आइपुग्ने आधार बनाएका हुन्। उनले भद्रगोल टेलिशृंखलामा समेत अभिनय गरेका छन्। कमेडी च्या म्पियन-२ का निर्णायकमध्ये एक मनोज गजुरेलसँग ला  मो संगत गरेका उनीसँगै भरतमणिले रेडियो नेपाल मा कायर्क्रमसमेत चलाएका थिए।

यस्तै अनुभवले उनलाई कमेडी च्याम्पियनमा खारिएको प्रस्तुति दिन सक्षम बनाएको हो। यसअघि ७ पटकसम्म ‘पर्फमर अफ द शो’ बनेका थिए।

यस्तै भारत सिक्किमका विक्की अग्रवाल दोस्रो भए। उनले मोटरसाइकल पाए। कलाकारमा मनोरञ्जन गराउ  ने खुबीसँगै सिर्जनशील प्रस्तुति दिने चुनौती पनि हुन्छ। यसका लागि कलाकारले चुनौती मोल्ने जोखिम मोल्न सक्नु पर्छ। कमेडी च्याम्पियनको दोस्रो सिजनमा विक्कीले यस्तै जोखिम मोल्ने साहस देखाएर चर्चा कमाएका थिए।

टप-३ मा पुग्नुअघिको प्रस्तुतिमा विक्कीले ‘पेन्टोमाइम’ अभिनय रोजे। उनको यो रोजाइ सबै निर्णायकका लागि जोखिमपूर्ण लाग्यो। अरूले यो जोखिमको सरहाना गरे पनि निर्णाय क सन्तोष पन्तका लागि यो कमेडी नै भएन। उनले विक्कीको प्रयोग स्वीकारेनन्। बरू आलो चना गरे।

पन्तले भने, ‘हाम्रो हाँस्ने स्टाइल र विदेशीको हाँस्ने स्टा इलमा फरक छ। यो प्रयोग तिम्रो लागि गाह्रो पर्न सक्छ। हाम्रो समाजले यसलाई बुझ्दै न, मैले त बुझिनँ। फिलोसो फी त भयो तर तिम्रो प्रस्तुति हेरेर कोही हाँस्यो त? यहाँ त कोही हाँसे न। हाम्रो आफ्नै स्टाइल छ। यसलाई फलो गर।’

भरिलो आँखा लिएर विक्की बोले, ‘मलाई पेन्टो माइम अभिनय गरेकामा कुनै पनि प,,श्चाताप छैन। क,मेडी च्याम्पियनको सेटमा म जित्नभन्दा पनि केही नयाँ गर्न आएको हुँ।’

धेरै दर्शकले निर्णायक पन्तको प्रतिक्रियामा आपत्ति जनाएपछि विक्कीको यो प्रस्तुति युट्युबमा केही दिन  सम्म निरन्तर ट्रेन्डिङमा थियो।

यो विवादले विक्कीलाई फाइदा नै गर्‍यो। पेन्टोमाइमको प्रस्तुतिपछि धेरैले विक्कीको पक्षमा मत दिएर फाइनलमा पुर्‍याएका थिए।

भरतमणिजस्तै विक्की पनि अनुभवी कलाकार हुन्। उनी सिक्किमका स्टेजहरूमा यसअघि नै लोकप्रिय छन्। सि क्किमबाट कमेडी च्याम्पियन को सेटमा जित्नभन्दा पनि केही नयाँ गर्न आए को बताएका विक्कीले सिक्किम र नेपाल दुबै तिरका दर्शकको भोट पाए पनि उपाधि जित्न सकेनन्।

कमेडी च्याम्पियन नबने पनि विक्कीले धेरैको मन जितेर फर्केका छन्। देशको सीमा नाघेर आएका विक्की नेपाल र सिक्किमलाई जोड्ने प्रिय कलाकार बनिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News