हाँस्य  ब्यङ्ग्य  कलाकार रमेश केसीको ६९ बर्षको उमेरमा नि’ध’न भएको   छ । उनको   आज   बिहान  ९  बजे गीत छायांकनको सेटमा नि’धन भएको कलाकार उत्तम केसीले जानकारी  दिए  यस्तै , चलचित्र  कलाकार संघका अध्यक्ष रविन्द्र   खड्काले  अनलाइनखबरसँग भने–‘हर्के हवल्दार’ को

टिमले    बनाउन  लागेको   एक   भिडियोको  छायांकनमा रमेशजी मोटरसाइकल नै लिएर सुटिङमा पुग्नुभएको थियो छायांकन सेटमा पुगेर केही समयपछि उहाँ बेहोस हुनु भयो बे’होस भए  लगतै उहाँलाई   गंगालाल   हृदयरोग  केन्द्रमा पुर्याइएको  थियो ।अस्पताल पुर्याइए  लगतै  उहाँलाई मृ’त घोषित गरिएको हो ।’

कलाकार  रमेश  केसीको  अन्त्येष्टी    पशुपति आर्यघाटमा गरिदैछ  । वि.सं २००९   सालमा   जन्मिएका   रमेशको २ छोरा, ३ छोरी र श्रीमती छन् । केसीले नाटक ‘अन्जान’बाट आफ्नो  अभिनय  यात्रा  सुरु गरेका थिए । यसपछि उनले, ‘के   सक्कली  के   नक्कली  , यमपुरीमा    जिउँदो मान्छे, क्रसमा टाँगिएको जिन्दगी,

मुनामदन,  पृथ्वीनारायण,  मोदीआइन, एकेएन लगायतका नाटकमा  अभिनय  गरेका  थिए । यस्तै, उनले ‘जे भो राम्रै भो,  रहर,  लोभी    पापी   , चङ्गा’ लगायतका  चलचित्रमा अभिनय  गरेका  थिए ।  कलाकार केसीले ‘ हर्के हवल्दार, तितो  सत्य , अब  अती  भो , च्वास्स चुस्स,  आफ्नै कथा, एकादेशको चुरीफुरी, लक्ष्मी र  आम्मै’ लगायतका सिरियल मा समेत काम गरेका थिए। अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News