३ असोज,   काठमाडौं ।  नेकपा  एमालेका   अध्यक्ष केपी शर्मा  ओलीले  सरकारले   अलंकार   पदकहरुको नाकमा कालो पोतेको टिप्पणी गरेका  छन् । सातौं संविधान दिवस को  अवसरमा   आइतबार   एमालेले    गरेको कार्यक्रममा ओलीले संविधान दिवसका दिन शहीदका सन्तान,

आमाबुबाहरुले  गर्व गर्न  पाउनुपर्ने र घाइतेहरुले सम्मानित हुन पाउनुपर्ने  बताए ।तर  सरकारले कसैको बा त कसैका श्रीमतीलाई  मानपदवी  दिएको  भन्दै  उनले   भने,  ‘आज बाबुको मुख  हेर्ने दिन हो ? श्रीमीतीको  मुख हेर्ने दिन हो ? छोराछोरीको  मुख   हेर्ने  दिन हो ?’बाहिर  म पदको भोको होइन, जनताका लागि हुँ

भन्नेहरुले  मौका  पाउँदा  आफ्नालाई   मात्र   हेरेको उनले बताए । ओलीले  अघि भने, ‘अलंकार, पदक, विभूषणहरु को नाकमा  का’लो पो’ तेको । ती   विभुषणहरुले   लज्जा मानेको  हेर्नुस्  त ।’उनले  अघि  भने,  ‘जलाइराखेका छन् आज मानपदवीहरु ।  क्या घाँटीमा पुगिने भयो बा ! बोल्न सक्ने भए उफ्रिन्थे ती ।

तर  बोल्न  सक्दैनन् । ’आफ्नो  सरकारविरुद्ध खोइरो खन्ने पत्रकारहरुलाई    ठूलठूला   पदक   दिएको उनले बताए । ‘झगडियाहरु  सम्मानित, तथानाम बहस गर्नेहरु सम्मानित, जे पायो त्यही बोल्नेहरु सम्मानित, २/४ जना छुटेको जस्तो लाग्यो, किन छोडेको होला ?’ ओलीले अघि भने,

‘मु’द्दा जिताइदिने , ह’राइदिने सम्मानित ।’यो सबैका लागि लज्जाजनक  भएको र यसको इतिहासले निर्मम मूल्यांकन गर्ने उनले बताए ।साभार: अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News