३ असोज,  कर्णाली । चिसो  भुइँमाथि पातलो खुइलिएको म्याट । बुढ्यौलीले शरीर दिनप्रतिदिन चा’उरिँदैछ । न शरीर ढाक्ने  कपडा छ, न त  पानीबाट  ओत लाग्ने गतिलो छाप्रो नै । ८९  वर्षीय राउटे  कर्णबहादुर शाहीका दुःख यति मात्र छैनन्, उनलाई  लामो समयदेखि हाडजोर्नी दुख्ने समस्याले सताएको छ ।

अरुको  सहाराबिना  उठबस   गर्न सक्दैनन् । फिरन्ते राउटे समुदाय पहिले डाक्टरी उपचारमा त्यति विश्वास गर्दैनथे तर पछिल्ला  केही  वर्षयता भने उनीहरुको यो धारणा क्रमशः बदलिएको  छ  । कर्णबहादुरले   पनि    शुक्रबार   बस्तीमा पुगेको एक  सरकारी  टोलीसँग उपचारको व्यवस्था मिलाइ दिन आग्रह गरे ।

‘बिमारले  थलिएको  धेरै  भइसक्यो,  औषधि उपचार पाए हुन्थ्यो,’  राष्ट्रियसभाका  अध्यक्ष   गणेशप्रसाद तिमिल्सेना नेतृत्वको टोलीसँग  कर्णबहादुरले  भने,  ‘जीउ दुखेर हैरान बनायो, औषधि  खाए  निको हुन्थ्यो कि ? डाक्टरलाई यतै (बस्तीमै)  पठाइदिनुपर्‍यो  ।’स्थायी   बसोबास,  आधुनिक उपचार पद्धति, शिक्षा,

कृषि  तथा   पशुपालनदेखि   टाढा  रहेको   राउटे समुदाय कर्णाली  प्रदेश र  आसपासका  जंगलमा फि’रन्ते    जीवन बिताउने  नेपालकै  अति  लो’पोन्मुख जा’तिमा   पर्छ ।  यो समुदाय  एक साता  अघि मात्रै सल्यानको बनगाड कुपिण्डे नगरपालिका– १ स्थित   घाटगाउँम बसाइँ सरेको हो । ४६ घरधुरी रहेका राउटे हाल १४१ को संख्यामा छन् ।

अधिकांश  राउटेका   हाटखुट्टामा घाउ –खतहरु छन् । ३० वर्षीय    पे्रम    शाही   दैलेखको   गुराँस   गाउँपालिकामा अटोरिक्सा  पल्टिँदा  घा’इते   भए । उनको   दायाँ खुट्टामा गम्भीर समस्या छ । दु’र्घट’नालगत्तै उनले स्थानीय मेडिकल मा उपचार गराए । स्वास्थ्यकर्मीले  हड्डी भाँचिएको बताएप छि डर लागेर उपचार नगराएको उनले बताए ।

पे्रमलाई पनि अरुको सहाराबिना लामो यात्रा गर्न मुस्किल पर्छ ।यस्तै, १२  वर्षीय बपिल शाही केही दिनअघि सल्यान को  बालुवाग्राहीमा ल’डेर  घा’इते   भइन् ।   उनको   दायाँ हातको   कुइनामा  चो’ट   लागेको  छ ।राउटे,  लोपोन्मुख, सीमान्तकृत   वर्ग   उत्थान  प्रतिष्ठान    नेपालकी   अध्यक्ष सत्यदेवी खड्का अधिकारीले  राउटेको उपचारमा स्थानीय र प्रदेश सरकारले बेवास्ता

गरेको आ’रो’प लगाइन् । ‘भत्ता  मात्र  बाँडेर  राज्यले राउटे प्रतिको दायित्वबाट पन्छिन मिल्दैन,’ उनले भनिन्, ‘बिरामी लाई  बस्तीबाट  अस्पतालमा   पुर्‍याउने,  उपचारका लागि काउन्सिलिङ  गर्न   उनीहरुले   विश्वास   गर्न   सक्ने मान्छे कुरुवा   बस्नुपर्छ,  अन्य  जातिजस्तो  राउटेको उपचार गर्न सजिलो छैन ।’

मुलुकमा  संघीय  संरचनापछि  सरकारले  दैलेखको गुराँस गाउँपालिकामार्फत  सामाजिक  सुरक्षा   भत्ता वितरण गर्दै आएको छ । राउटेहरु जुन जिल्लामा बसाइँ सरे पनि गुराँस गाउँपालिकाले  नै  भत्ता  वितरण  गर्ने गर्दछ । प्रतिष्ठानकी अध्यक्ष अधिकारीका अनुसार बदलिँदो खानपिन, जलवायु परिवर्तनले  पारेको  असरले  राउटेमा बढी स्वास्थ्य समस्या देखिएको छ ।

‘कन्दमूल  खान    छाडे, वनजङ्गल,   खोलाकिनारमा  नाङ्गै बस्छन्,   पहिले –पहिले   कन्दमूल   खाने,  गुना–बाँदरको शिकारलाई  उसिन्ने,  भातमा  पानी  बढी  हालेर नून छर्केर खाने गर्थे, तरकारीका  रुपमा  कुभिण्डो,  खोले   सागलाई उसिनेर  पकाउँथे,’ उनले भनिन्, ‘अचेल खानपिनको शैली बदलियो, मदिराको

कुलत  बढ्यो, शहरिया खानपिनमा रुचि बढ्यो जसले गर्दा राउटेको   स्वास्थ्य   अवस्था    कमजोर बन्न  पुग्यो ।’गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले गैरसरकारी संस्था को सहयोगमा  राउटे   बस्तीम शिक्षा र स्वास्थ्य सहजकर्ता परिचालन   गरेको   बताए  । गम्भीर प्र  कृतिको   राउटेको उपचारमा सहयोग गर्दै आएको उनको भनाइ छ ।

‘प्राथमिक  उपचार  बस्तीमै  हुन्छ,  अलि गम्भीर प्रकृतिको समस्या  छ  भने  उनीहरुलाई  काउन्सिलिङ  गरेर स्वास्थ्य संस्थासम्म  लैजाने  व्यवस्था  मिलाएका  छौं,’  वलीले भने गत  वर्ष मङ्सिरदेखि  यता १८  जना राउटेको मृ’त्यु भइस केको छ ।   पछिल्लो  समय मयो  शाही, दलबहादुर शाही, मानसिंह शाही, शिवराज शाही,

कान्छाराम  शाही  र कपिल शाहीको मृ’त्यु भएको जनाइए को छ । अत्यधिक  मदिरा  सेवनका  कारण अकालमा धेरै राउटेको ज्यान  गइसकेको छ । एकातिर मदिराको अत्यधि क सेवन  र  अर्कोतिर  बि’रामी   हुँदा   स्वास्थ्य   संस्थाको पहुँचमा   पुग्न  नसक्दा  मृ’त्युदर   बढेको  बताइएको छ । यकिन तथ्यांक  नभए पनि राउटेहरु बर्सेनि घट्दो संख्यामा रहेको विभिन्न अध्ययनले देखाएको छ ।

प्राणीशास्त्री  समेत   रहेका  मध्यपश्चिम   विश्वविद्यालयका उपकुलपति   प्रा. डा.   नन्दबहादुर    सिंहले  राउटे वंशको सुरक्षा  महत्वपूर्ण  सवालका  रुपमा  रहेको बताए । ‘राउटे संस्कार, संस्कृति  संरक्षण गर्न  नसके अस्तित्व हराउन धेरै वर्ष   पर्खनुपर्दैन,’ उनले भने, ‘राउटे  वंश,  संस्कृति,  बेग्लै भाषा भएको

दु’र्लभ  मानव जाति  लो’पोन्मुख  अवस्थामा  पुग्नु दु’र्भाग्य हो ।’आफ्ना  समुदायका  सदस्यको मृ’त्यु  हुनासाथ  बस्ती छाड्ने  प्रचलनका  कारण   यो समुदाय छिटो–छिटो बसाइँ सर्नुपर्ने  बाध्यतामा   छ । एक   महिनामै    उनीहरु    सात स्थानमा बसाइँ सरिसकेका छन् ।साभार: अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News