काठमाडौं : बुधबार इन्धनको मूल्य बढेको छ। नेपाल आयल निगमले बुधबार मध्य रातबाट लागू हुने गरी इन्धनको मूल्य बढाएको हो। निगले भारतीय आयल कर्पोरेशनले पठाएको मूल्य सूची अनुसार पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको हो।

अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य बढेपछि आईओसीले पठाएको सूची अनुसार मूल्य बढेको निगमले जनाएको छ। अब पेट्रोल प्रतिलटर १११ पुगेको छ भने डिजेल र मट्टीतेल एक सय रुपैयाँ पुगेको छ। यसअघि पेट्रोल १०९ रुपैयाँमा पाइन्थ्यो भने डिजेल र मट्टीतेल ९८ रुपैयाँ पथ्र्यो। आयल निगमले हवाई इन्धन र खाना पखाउने एलपी ग्यासको मूल्य भने यतावत रहेको बताएको छ।

पर्यटक ल्याउन गण्डकीले आधा योगदान गर्ने
पोखरा : भ्रमण वर्षमा आफ्नो प्रदेशले मात्रै आधा योगदान गर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् । प्रदेश राजधानी पोखरामा बुधबार नेपाल भ्रमण वर्षको सुरुआत गर्दै उनले सरकारबाट राखिएको २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न आफ्नो प्रदेशले आधा योगदान गर्ने बताएका हुन् । मुख्यमन्त्री गुरुङले नेपाल सरकारबाट भ्रमण वर्ष २०२० घोषणा हुनुअघि नै गण्डकीले छिमेकी देश भ्रमण वर्ष कार्यक्रम घोषणा गरेकोसमेत स्मरण गरे । ‘तथ्यांकले भन्छ अहिले पनि नेपालमा आउनेमध्ये ४० प्रतिशत पर्यटक गण्डकी प्रदेशमा आउँछन्’, उनले भने, ‘अब २० लाख पर्यटक भिœयाउन हामीले आधा योगदान गर्नुपर्छ ।’

देशका सबैभन्दा महत्वपूर्ण शक्तिपीठ गण्डकी प्रदेशमा रहेको मुख्यमन्त्री गुरुङले बताए । ‘भगवानलेसमेत मन पराएको ठाउँ पर्यटकले पनि पक्कै मन पराउँछन्’, उनले भने । मुख्यमन्त्री गुरुङले यही वर्ष पोखराका रत्नमन्दिर र हिमागृह खोल्न नेपाल ट्रस्टसँग समन्वयन गर्ने पनि सुनाए ।भ्रमण वर्षको सुरुआतका लागि प्रदेशले फेवाताल किनारमा आयोजना गरेको कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत भएका थिए । पोखरा विमानस्थलमा पर्यटकको स्वागत गरिएको थियो । प्रदेश सरकारले आफ्नो प्रदेशको पर्यटन प्रवद्र्धनका लागि हिमाल आरोही निर्मल पुर्जा र गायक प्रकाश सपूतलाई सद्भावना दूतसमेत घोषणा गरेको छ । पुर्जाले छोटो अवधिमै संसारका सबै अग्ला हिमाल आरोहणको कीर्तिमानी राखेका छन् ।

गण्डकी प्रदेशले सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष घोषणा गरेको थियो । यस अवसरमा १० लाख पर्यटक भित्र्याउने लक्ष्य थियो । तर तथ्यांक भने आइसकेको छैन । गण्डकीले सन् २०२० लाई छिमेकी देशमा पर्यटन प्रवद्र्धन गर्ने र २०२२ मा अन्तर्राष्ट्रिय पर्यटन वर्ष मनाउने योजना बनाएको छ ।
भ्रमण वर्षको सुरुआतको दिन बुधबार आइपुगेका पर्यटकलाई गण्डकी प्रदेशका विभिन्न जिल्लामासमेत स्वागत गरिएको छ । मुस्ताङमा त्यहाँका सरकारी अधिकारी र व्यवसायीले एयरपोर्टमा पर्यटकलाई स्वागत गरे । मुस्ताङमा पर्यटकलाई मायाको चिनो उपहार प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News