दाङ । दाङमा एक पुरुषलाई डर–ध’म्की देखाएर ५० लाख रुपैयाँको   बारर्गेनिङ  गर्ने  तीन  जना  महिलालाई प्रहरीले प’क्रा’उ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले प’क्रा’उ परेका   महिलाहरुलाई  आइतवार पत्रकार   सम्मेलन  गरेर सार्वजनिक गरेको छ ।उनीहरुले घोराही उप-महानगरपालि का-१५

निवासी   भद्रबहादुर  जै सी (नाम परिवर्तन)   गरेका   एक पुरुष  व्यवसायीलाई  गत   असार ६  गते घोराही बजारमा रहेको कोहिनूर  रेष्टुरेन्ट मा बोलाएर बि’यर, मासु सँगै खाए का थिए ।तर,  साँझ परेपछि  घर  जान  खोज्दा  उनीहरुले आफूहरुमाथि हा’त ल’गा’एको  भन्दै ज’वर’जस्ती क’र’णी को

मु’द्दा हाल्ने ध’म्की दिदै ५० लाख रुपैयाको बार्गेनिङ गरेको जिल्ला प्रहरी  कार्यालय,  दाङका  प्रहरी  प्रमुख एवं एसपी सुरेशप्रसाद  काफ्लेले  जानकारी  दिए   ।एसपी काफ्लेका अनुसार प’क्रा’उ  पर्नेमा  घोराही उपमहानगरपालिका–१५ निवासी ३२ बर्षीय सीतादेवी थापा,

३५  बर्षीया  खुमा  वली  र ३२ बर्षीय सुष्मा परियार रहेका छन् । उक्त  होटलबाट निस्किएपछि  ती महिलाहरुले मु’द्दा हाल्ने भन्दापनि  पैसा   असुल्ने गरी  सम्बन्धित व्यक्तिलाई फोन  गरेर ड’र–ध’म्की  देखाउन   थालेको अनुसन्धानबाट खु’लासा भएको बताइएको छ ।

गत  असार ७ गते प्रतिवादी मध्येकी खुमा वलीले पुनः उक्त व्यक्तिलाई  फोन गरी घोराहीमा  रहे को सागर एण्ड सुनिल रेष्टुरेण्ट  तथा लजमा  बोलाएर ‘छि टो कु रा मिलाउनु पर्यो, नत्र  प्रहरीमा उ’जुरी  हाल्छौं’, भनेर  डर  त्रा’स  देखाई ५० लाख  रुपैयाको माग गरेको तथ्य फे’ला परेको प्रहरी प्रमुख काफ्लेले बताए ।

उनले अ’भियुक्त’हरुलाई नियन्त्रणमा  राखेर घट्नाबारे थप अनुसन्धान   भइरहेको  समेत  बताएका   छन् ।   ‘आफ्नो इज्ज’तसँग जोडेर पुरुषलाई  डर ध’म्की  देखाउँदै  पैसाको बा’र्गे’निङ  हुने गरेको  सुनिन्छ । तर त्यस्ता प्रकृतिका मु’द्दा प्रहरीसम्म आइपुग्दैनन्’, प्रहरी प्रमुख काफ्लेले भने,

‘यो  ठूलो  रकमसँग जोडिएको घ’ट्ना भएकाले प्रहरीसम्म आइपुगेको  हो ।’घ”ट्ना  बारे  थ  प अनुसन्धानका  लागि प्रतिवादीहरुलाई  अदालतबाट  म्याद  थप  गरी हिरासतमा राखिएको   जिल्ला    प्रहरी   कार्यालयका    प्रहरी   नायव उपरीक्षक  तथा प्रवक्ता  मुकुन्दप्रसाद  रिजालले जानकारी दिए ।

प्रहरीका अनुसार झु’टो आ’रो’प लगाउने नियतले डर त्रा’स देखाई  अ’परा’धिक  लाभ  लिएमा   ३ बर्षसम्म कैद र ३० हजारसम्म ज’रिवा’ना हुने कानूनी व्यवस्था रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News