नायिका गौरी मल्लले कलाकारलाई दिइने कुनै पनि उपाधि कागलाई  हेलमेट  लगाए  जस्तो  हुन नहुने जवाफ दिएकी छिन् नायकद्धय श्रेष्ठ र भुवन केसीले आइतबार आयोजित एक कार्यक्रममा गौरीलाई ‘महानायिका’ भनेका थिए सोही समारोहमा उपस्थित गौरीले भनिन्–‘कुनै पनि उपाधि धान्न सकिने हुनुपर्छ ।

उपाधिका   लागि  सो व्यक्ति  लायक  पनि हुनुपर्छ । पाउने व्यक्तिले पनि  उपाधिको  लागि  आफू  लायक  छु  या छैन भनेर  अन्तरबोध  गर्न  आवश्यक   छ ।’गौरीले आफूहरुले काम सुरु गर्दा   उपाधि  पाइन्छ भनेर  नगरेको समेत स्पष्ट पारिन् । भनिन् –‘मैले काम सुरु  गर्दा कुनै  उपाधि  पाइन्छ भनेर गरेकै होइन ।

विस्तारै  हिड्दै   हिड्दै यहाँ   आएकी   हुँ । मलाई  यहा यो देशमा कुनै पनि उपाधिको औचित्य छ जस्तै लाग्दैन । यहाँ त उपाधि भनेको  कुनै पनि  तस्वीरलाई  भित्तामा  सजाएर पूजा   गरे  जस्तो  मात्र  भएको  छ । यसैले,  मलाई  यस्ता उपाधि चाहिएको  पनि  छैन । हामी  काम  गर्ने मानिस हौं, हामीलाई काम दिए पुग्छ ।’

यो पनि पढ्नुहोस
गौरीले  आज  बोलेका  कुराहरु  भोलीको  पुस्ताका  लागि इतिहास बन्ने भएकाले सोच  विचार  गरेर  मात्र बोल्नुपर्ने र उपाधि दिइनुपर्ने   बताइन् । भनिन्–‘हामीले   राणाकालमा कसले कसलाई  मार्यो, देखेनौं । तर,  पुस्तकमा  जे लेखिए को थियो त्यसैलाई स्विकार गर्यौं । राज दरबार हत्याकाण्ड मा पनि जे सुन्यौ, त्यही विश्वास गर्यौं ।’

अबको   ३० वा ५० बर्षपछिको   पुस्ताले अहिले भनिएका कुरालाई नै मान्ने उनको  तर्क छ । गौरीले भनिन्–‘कुनै पनि श्रृङ्गार  , अलङ्कार सही  व्यक्तिलाई  दिनुपर्छ   । ४   जना मान्छेलाई  खुशी    बनाउ  न उपाधि  दिए र के गर्ने । आज हामीले बोल्ने कुराले  भोलीको  पुस्ताको मनस्थिती बदल्छ मलाई यस्ता कुरामा फिटिक्कै रुची छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News