नेपाली चलचित्रका सफल नायक शिव श्रेष्ठले अर्का नायक भुवन केसी न भैदिएको  भए  चलचित्र क्षेत्र जमानामा बन्द भैसक्ने बताएका छन् । नायिका गौरी मल्ललाई ‘महानायि का’ भन्दै   शिवले घुमाउरो शैलीमा  भुवनलाई ‘महानायक’ बताए । शिवले भने–‘नेपाली चलचित्रको

सुपरस्टार  भुवन  केसी   नभैदिएको    भए  चलचित्र  क्षेत्र जमानामा बन्द  भैसक्थ्यो ।’‘महानायक र महानायिका’को बिषयमा  भुवन  केसीको नयाँ  कार्डआज चलचित्र क्षेत्रको माहोल बन्नुमा भुवन केसीको ठूलो हात रहेको भन्दै शिवले केसीप्रति गर्व गर्नुपर्ने  बताए । भने–‘त्यतिबेला कोही मान्छे जन्मिएको थिएन

जतिबेला  चलचित्र  क्षेत्र   धरापमा  परेको   बेला   भुवनले करोडपति  चलचित्र  लिएर आउनुभयो । उहाँले करोडपति चलचित्र नल्याएको भए यो  क्षेत्र  सखाप भैसक्थ्यो ।आज सम्म चलचित्र क्षेत्रका लागि  कसैले दिन नसकेको योगदान भुवन   केसीले  दिएको  शिवको  भनाई  छ । उनले भने–‘ पहिले आफै

चलचित्र बनाएर हजारौंलाई रोजागरी दिनुभयो ।आज फेरि चलचित्र क्षेत्रका  लागि अनमोल केसी जन्माउनुभयो । मेरो छोरा पनि  हिरो हो । तर, हिरो र कलाकारमा फरक हुन्छ । अनमोल  केसी  हिरो हो । आज  हेर्नुहोस् त अनमोल केसी आएपछि   चलचित्र  क्षेत्रमा  के–के  भएको छ ।’ कुनै पनि उपाधि कागलाई हेलमेट लगाए जस्तो

नहोस्ः गौरी मल्ल शिवले भुवनको प्रशंसा गर्दै गर्दा भुवनले शिव श्रेष्ठ  चलचित्र   क्षेत्रको ‘महानायक’  भएको बताएका थिए ।साभार: अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News