केही समय  अगाडि  सार्वजनिक  एक रिपोर्ट अनुसार विश्व मा प्रयोगकर्ताहरुले स बैभन्दा  धेरै  समय  बिताउने एपको पहिलो   स्थानमा    टिकटक   रहेको  छ । विश्वमा अत्यन्तै लोकप्रि य भिडियो  शेयरिङ   एप  टिकटक   चीनमा चाहिं डुइनको  नामबाट उ  पलब्ध  छ ।डुइन  चीनमा   सर्वाधिक लोकप्रिय एपको रुपमा रहेको छ

र यसका  प्रयोगकर्ताहरुमा   कम उमेरका  किशोर किशोरी हरु  अत्यधिक छ न् ।बालबालिकाहरुमा   बढेको  चिनियाँ टिकटकको ल’तलाई  मध्यनजर गर्दै चीनले अब बालबालि कालाई एक  दिनमा केवल ४० मिनेट मात्रै डुइन प्रयोग गर्न दिने भएको  छ ।आफ्नो   वास्तविक पहिचानबाट  डुइनमा खाता   खोलेका  १४   वर्षमुनिका  प्रयोगकर्ताका लागि यो नियम लागू हुनेछ ।

बालबालिकाहरुले   बिहानको ६  बजेदेखि रातको १० बजे सम्मको  अवधिमा  केवल  ४०  मिनेट  मात्रै  डुइन चलाउन पाउनेछन्  ।चिनिया टिकटकको मातृ कम्पनी बाइटडान्सले एक  ब्लगपोष्टमार्फत्  डुइनमा  युथ मोड को घोषणा गरेको छ । बालबालिकाहरुलाई  डिजिटल   अम्मलबाट जोगाउन का लागि  यस्तो  सीमा  राख्ने  आफू  नै  पहिलो प्लाटर्फम रहेको दाबी कम्पनीको छ ।

डुइन  किशोरावस्थाका प्रयोगकर्ताका मामिलामा सबैभन्दा रहेको  उनीहरुको  सिकाइका  लागि गुणस्तरीय सामग्रीहरु उपलब्ध गराउनका लागि कडा मेहनत गरिरहेको कम्पनीले जनाएको  छ । डुइनले बा लबालिकाका   लागि  प्लाटर्फम प्रयोगमा   समयको पावन्दी  लगाएसँगै युथ मोडमा विभिन्न शैक्षिक सामग्रीहरु  पनि  राखेको  छ । जसमा   विज्ञानका प्रयोग,

संग्राहलय   प्रदर्शनी तथा  ऐतिहासिक  व्याख्यालगायतका रहेका   छन् ।चिनियाँ  टिकटक  डुइनमा  खाता  खोल्नका लागि न्यू नतम  उमेरको  कुनै हद  तोकिएको हुँदैन, अर्थात् जुनसुकै उमेरका  बालबालिकाले पनि यसमा खाता खोल्न सक्दछन्  । तर १८  वर्षभन्दा  मुनिका प्रयोगकर्ताले खाता खोल्नका लागि अभिभावकको स्वीकृति लिनुपर्दछ ।

जबकि  टिकटकमा  खात खोल्नका लागि न्यूनतम १३ वर्ष उमेर हुनु  पर्दछ ।चीन  सरकारले   किशोर   किशोरीहरुको प्रविधिको   अत्यधिक  प्रयोगमाथि    नियन्त्रण  गर्ने  कदम अगाडि बढाएसँगै  डुइनले  प्रयोगको समय  सीमा निर्धारण गरेको हो । गत महीनादेखि  चीन सरकारले १८ वर्षमुनिका किशोर किशोरी तथा बालबालिकाहरुलाई शुक्रबार र

बिदाका दिनमा बाहेक  भिडियो गेम खेल्न प्रतिबन्ध लगाए को छ  ।किशोर   किशोरी   त था बालबालिकाहरुले   अब शुक्रबार  , सप्ताहन्त  तथा  विदाका  दिनहरुमा मात्रै हरेक दिन  केवल  एक घण्टा   भिडियो  गेम  खेल्न  पाउनेछन् ।
त्यस्तै गत फेब्रुअरीदेखि  चीनले   विद्यार्थीहरुलाई विद्यालय मा फोन प्रयोगमा समेत प्रतिबन्ध लगाएको छ ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News