काठमाडौं । तीन  वर्षको  एक अमेरिकी कु’कु’रले गिनिज बुकमा नाम लेखाएको छ । लु नामको उक्त पोथी कु’कु’रले संसारकै सबैभन्दा लामो कान भएको कुकुरको रुपमा विश्व कीर्तिमान  कायम गरेको हो ।उक्त कु’कुरका कानका लोती यति  लामा  छन् कि झ्वाट्ट  हेर्दा  लाम्काने  बाख्राका जस्ता देखिन्छन् ।

कानका  लोतीको  लम्बाई १३.३८ इन्च छ ।पेइज ओल्सेन नामकी महिलाले  घरमा   पालेको  उक्त   कु’कुरको  लोती लामो देखिए  पनि उनले नापेकी थिइनन् । तर जब महामा रीका  कारण  घरमै   बस्नुपर्दा  उनीसँग पर्याप्त समय भयो तब ओल्सेनले आफ्नो कुकुरको कान नाप्न थालिन् ।

कु’कुरको कानको नाप अस्वभाविक पाएसँगै उनले गिनिज बुक अफ  वर्ल्ड  रेकर्डस्मा निवेदन दिइन् ।निकै लामो कान भएपनि कु’कुरलाई कुनै अप्ठेरो नभएको उनी बताउँछिन् । उनले हरेक  महिना कु’कुरको   कानको जाँच  गराउँछिन् । ओल्सेन आफैं पशु चिकित्सक पनि हुन् ।

संसारकै लामो कान भएको  कु’कुर  लगायतका कीर्तिमान लाई गिनिज बुकले  २०२२ को  नयाँ  संस्करणमा समावेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News