काठमाडौं । आफूले  आफूलाई नेपालकै नम्वर १ इन्टरनेट सेवाप्रदायक   कम्पनी दावी गर्ने वर्ल्ड  लिंक  कम्युनिकेसन प्रालिले  आफ्नै ग्राहकहरुलाई  ठ’ग्न नयाँ–नयाँ उपाय रच्ने गरेको खुलेको छ । कुनै न  कुनै  वहानामा   ग्राहकहरुलाई आफ्नो  पक्षमा  पारेर  उठाएको  करोडौंको  रुपैयाँ प्रचार–प्रसारमा  खर्च गर्दै  आएको  वर्ल्ड  लिंकले  इन्टरनेट र  नेट टिभी उपलब्ध गराउँदै आएको छ ।

‘छिटो  भनेकै वर्ल्ड लिंक’  भनेर ना’रा नै बनाएर प्रचार गर्ने वर्ल्ड लिंकको प्रचार  अनुसार  सेवा छिटो  र छरितो हुनुपर्ने हो तर,  अवस्था ठ्याक्कै  उल्टो छ । कम्पनीले  प्रवाह  गर्ने सेवा न त गुणस्तरीय  छ न त  इन्टरनेटको स्पिड नै राम्रो छ । अहिले वर्ल्ड लिंकले ५० एमबीपीएसको नेट भनेर ग्राहक हरुलाई वितरण  गरिरहेको छ ।  तर, स्पिड भने मुस्किलले १० एमबीपीएस  मात्र हुने गरेको इमाडोलका एक ग्राहकले गुनासो गरे ।

त्यतिमात्र  होइन  ति  ग्राहकलाई त  वर्ल्ड लिंकले नेट टिभी सहितको  इन्टरनेट उपलब्ध गराउँछु भनेर एक महिनासम्म झुलाएको समेत रहेछ । पहिले फाइभजी राउटर र सेटअप बक्स(नेट टिभी)  जोडिदिन्छु भन्दै  सहमती  गराएको वर्ल्ड लिंकले  त्यसको  भोलिपल्टै  नेट  त  कनेक्ट गरिदियो तर, पुरानो  राउटर  मात्रै  ल्याएर  ।नेट   जोड्न   पुगेका   वर्ल्ड लिंकका  कर्मचारी  ‘अहिले  यो राउटरबाट   काम चलाउँदै गर्नुस्,

तीन  दिन  भित्र तपाईकोमा  फाइभजी  राउटर  र  सेटअप बक्स  आउँछ ’ भन्दै नेट    जोडेर निस्किए ।  त्यसपछिकाे तीनदिनसम्म नेट त चल्यो तर, न त सेटअप बक्स आयो न त फाइभजी  राउटर नै । यसरी व र्ल्ड  लिंकले ति ग्राहककाे घरमा राउट  लगेर   राखिदिएको २५ दिन  कटिसक्दा पनि नेट टिभी। जाेडिएकाे  थिएन ।ग्राहकले  राउटर  र  सेटअप बक्सको   कुरा  गरेपछि   शुरु    हुन्थ्योे     वर्ल्ड   लिंकको वहा’नाबाजी ।

नेट  इमाडोल  शाखाले  जोडेकाे   थियाे ।   तर  , ग्राहकले कहिल्यै  पनि शाखामा सम्पर्क गर्न पाएनन् । वर्ल्ड लिंकको सिस्टम  नै   त्यस्तै  रहेछ । ग्राहकले   गरेको   फोन   मुख्य कार्यालयमा  मात्र  फोन  उठ्ने   रहेछ ।  २५  दिनसम्म  ति ग्राहकले २० पटक भन्दा बढि फोन  गरेर ‘कि  टिभी जोडि दिनुस् कि राउटर फिर्ता लैजानुस् म अर्को नेट जोड्छु’

भन्दा   वर्ल्ड लिंकको  मुख्य  कार्यालयबाट   ‘२   दिनभित्र तपाईकोमा   टिभी  जोडिन्छ  । ब्रान्चबाट  तपाईलाई फोन आउँछ’   भन्ने  रेडिमेड   जवाफ  मात्र   आइरहन्थ्यो । तर, ब्रान्चबाट  ग्राहकलाई  कहिल्यै  पनि   फोन आएन । हुनत उनी ब्रान्चमै  गएर कुरा  गर्दा   पनि ‘ तीन  दिनमा  सेटअप बक्स   आउँछ   , नआए    हामी    तपाईकोमा   अनस्टिल गरिदिन्छौं  ।’ भने  र फकाई फुल्याई  गरेर  पठाएकाे उनले सुनाए ।

यति   लामाे   समयसम्म   पनि  इमाडोलको  ब्रान्चले  कुनै रेन्पोन्स  नगरेपछि  आ’क्रो’शित   बनेका   ग्राहकले   मुख्य कार्यालय   जावलाखेलमा   फोन  गरेर ‘  तपाईहरुको  नेट चाहिंदैन,  अब पनि  अनस्टल  गर्नु  भएन   भने   तपाईको राउटर  फुटाइदिन्छु’  भनेपछि  फेरि पनि दुई दिनको भाका मागे ।  त्यतिबेलासम्म   इमाडोल   ब्रान्चमा  सेटअप बक्स आइसकेको थियाे ।

तर,  नयाँ  यूजरहरुलाई  सेटअ प बक्स  बाँडेर  पुरानालाई कुराएरै  राखेको  पत्ता  लाग्यो । किनकी  त्यहि  वरपर नेट जोड्न पुगेकाले  सेटअप बक्स बोकेर गएका तिनै ग्राहकले देखेका   थिए ।यस्त गर्दा गर्दै २८ दिन वितिसकेको थियो । २९औं  दिनमा  आएर   सेटअप   बक्स जडान भयो । तर, फाइभजी राउटरको  अत्तोपत्तो छैन । बल्लतल्ल टिभीसहि तको नेट  जोडेका ति ग्राहक खुसी नै थिए ।

कहिले कहीं समान  नहुँदा यस्तै  हुन्छ भन्दै  आफूले आफू  लाई सान्तवना  दिएरै बसेका  थिए । तर, उनको सान्तवना १ दिन  पनि टिकेन । बेलुकासम्म चलेको नेट भोली विहान उठ्दा  काटिसकेकाे  हुन्थ्याे  । त्यसपछि  उनले  फेरि फोन गरे, फोन मुख्य कार्यालय जावलाखेलमा उठ्यो । त्यहाँबाट ‘डकुमेन्ट अपलोड नभएकाले नेट  काटिएको’ भन्ने जवाफ आयो ।

तर , वर्ल्ड  लिंकले   के  डकुमेन्ट  मागेको  हो भन्ने उनलाई अझसम्म  थाहा छैन । हेड  अफिसबाट फेरि नेट जोडिदिंदै ‘तपाईलाई आज ब्रान्चबाट  फोन आउँछ, डकुमेन्ट दिनुहो  ला’ भन्ने जवाफ  आएको  थियो । तर,  त्यो  दिन ब्रान्चबाट फोन  आएर । भोली  पल्ट  पनि  त्यहि कहानी दोहोरीयो । हेड  अफिसबाट  नेट जाेडेर  फेरि  त्यही  कुरा  दाेहाेर्याइयाे तर, अर्काे दिन प नि ब्रान्चबाट  फोन  आएन ।ति  ग्राहकले एक वर्षको रकम तिरिसकेका रहेछन् ।

उनले  एक  वर्षका   लागि  भनेर  किनेको  इन्टरनेट   वर्ल्ड लिंकले विभिन्न  वहानामा  काटेको काटेकै छ । वर्ल्ड लिंक मा फाेन  गरेर त्यो  काटेको समय  पछि  थप  हुन्छ ? भनेर प्रश्न गर्दा  हुँदै न भन्ने जवाफ   आयो   ।यसरी   सम्झौतामा उल्लेख  गरेभन्दा   इन्टरनेटको  स्पिड  कम   हुने , समयमै रेस्पोन्स   नर्ने वर्ल्ड लिंकको ठ’गी धन्दामा प्रशासनमा बस्ने कसैले पनि बोल्ने आँट गर्दैनन् ।

वर्ल्ड  लिंकका  प्रवन्ध  निर्देशक दिलीप अग्रवाल भने वर्ल्ड लिंकलाई  पब्लिक  लिमीटेड  रुपान्तरण  गरिसकेको भन्दै सर्वसाधारणका  लागि  आइपीओ  जारी  गर्ने पूर्वतयारीमा रहेको बताइरहेका छन्  ।झण्डै दुई  वर्ष अघि वर्ल्ड लिंकमा १ अर्ब ३५ करोड रुपैयाँ वैदेशिक लगानी भित्र्याउँदा प्रवन्ध निर्देशक  अग्रवालले   विदेशी   लगानीबाट  कम्पनी   निकै उत्साहित बनेको भन्दै

यसको  लाभ  ग्राहकदेखि  मुलुकले नै उठाउने दावी गरेका थिए ।  तर, उनको  उक्त   भनाईलाई   अहिले ग्राहकहरुले कसरी  बुझ्ने ? यी  ग्राहक  त  प्रतिनिधि   पात्र  मात्र हुन् । यसरी वर्ल्ड  लिंकको ठ’ गीमा पर्ने ग्राहकको  संख्या धेरै छ एउटै ग्राहकलाई  महिनौ झुलाउने   इन्टरनेट   सेवाप्रदायक कम्पनी वर्ल्ड लिंकले  अहिले आफ्नो  सेवा ५ लाख घरधुरी मा पुगेको दावी गर्दै प्रचार प्रचार गरिरहेको छ ।

वर्ल्ड   लिंकको  यस्तो ठ’गी धन्दा’बारे  बुझ्न  खोज्दा  वर्ल्ड लिंकका  कस्टुमर्स   सर्भिस  (ग्राहक सेवा)  का कर्मचारीले आधिकारिक   व्यक्तिसँग   टेलिफोन   दिनै  चाहेनन् । यस सम्बन्धमा  ति  ग्राहकले   दूरसञ्चार  प्राधिकरणमा उ’जुरी हालेको  बताएका  छन् ।  अब    दूरसञ्चार    प्रधिकरणले कसरी का’रबा’ही  प्रक्रिया  अगाडि  बढाउँछ,  त्यो भने हेर्न बाँकी छ ।online nepal bata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News