काठमाडौं । माओवादीका युवा नेता जनक बर्तौलाले एमालेका सांसद तथा केन्द्रिय सदस्य महेश बस्नेतलाई थर्काएका छन् ।अखिल नेपाल खेलकुद म,हासंघको विस्तारित बैठकको उ,द्ध घ टन समारोहलाई सम्बोधन गर्दै बर्तौलाले माओ वादी

अध्यक्ष प्रचण्डलाई एमालेमा आउन चुनौती दिएको भन्दै आ,फुहरुसँग ३ डन देखि ६ डन सम्मका खेलाडीहरु भएको बताउँदै माओवादीलाई सामान्य नठान्न चेतावनी दिए ।

उनले यदि यस्तै रबैया जारी राख्ने हो भने मृत्युपत्रमा हस्ताक्षर गरेर आमेन सामेन हुन पनि बस्नेतलाई चुनौती दिए ।आ,,फ्नो पार्टीको अध्यक्ष पनि खेलाडी नै भएको स्मरण गराउँदै बर्तौलाले माओवादीलाई नजरअन्दाज नगर्न चेतावनी दिए ।

महेस बस्नेतले बढी बोलेको भन्दै त्यसमा सुधार नगरे भोली महंगो पर्ने उनको भनाई थियो । भक्तपुरमा कराँते सिकाएको उदाहरण दिंदै आफुहरुसँग हजारौ लडाकु युवाहरु भएको दावी गर्दै भिडन्तका लागि निम्ता दिए ।

आगामी निर्वाचन पछि एमाले भन्ने पार्टी जुनकिरी हुने घोषणा गरे ।माओवादी आगो हो भन्दै उनले आगो सँग खेल्ने कोसिश गरे एमाले खरानी हुने घोषणा समेत गरे ।

त्यस पछि सम्बोधन गरेका अध्यक्ष प्रचण्डले आफु,हरुको उद्धेश्य माथि बाधा गर्ने प्रयास गरे प्रतिकार गर्ने बताए ।त्यस बखत सेनाको बिग्रेडको रुपमा प्रतिरोधमा उत्रिने घोषणा समेत गरे ।

२ दिन भित्रै मन्त्री परिषद्ले पुर्णता पाउने बताउँदै प्रचण्डले युवा तथा खेलकुद मन्त्रालय आफ्नै पार्टीको भागमा परेको बताउँदै खेलकुद क्षेत्रलाई बिशेष प्राथमीकतामा राखेर काम गर्ने प्रतिबद्ध ता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News