काठमाडौं,  १४  औं  केन्द्रिय   महाधिवेशनमा    होमिएको नेपाली काग्रेंसलाई का र्यकर्ता थामथुम पार्ने चटारो चलिरहे का बेला  एक जना  असन्तुष्ट  कार्यकर्ताको व्यवहारले भने हैरानी  बनाएको  छ ।पार्टीमा  लामो  समय  काम गरेका र खटेका  कार्यकर्ताले  नेपाली  काग्रेंससँग  वाक्क भएर जब पार्टीको झण्डा

भैसींलाई जिम्मा मात्र  लगाउनुभएन  उक्त तस्बिर सामाजि क संजालमा  पोष्ट गर्दै क डा टिप्पणीसमेत गर्नुभएको छ ।सामामाजिक  संजालमा   उहाँले   आफ्नो   बुबालाई  प्रिय लागेको  काग्रेंसको  झण्डा  आफुले  धेरै  लामो समय बोके पनि अब भने भैसीलाई चढाएको उल्लेख गर्नुभएको छ ।

भैसिलाई झण्डा बुझाउनु पर्नाको कारण दिंदै उहाँले काग्रेंस को झण्डा पशुलाई मात्र  उपयुक्त  हुने  तर्क अघि राख्नुभए को छ ।काग्रेंसको  झण्डा  भैसीलाई बुझाउने युवा सिन्धुपा ल्चोक जिल्ला भोटेकोशी गाउँपालिका वडा नंं ५ त्यागथली का दावा लामा हुनुहुन्छ । दावा लामाले लामो समय

पार्टीमा  काम  गरेको  र  पार्टीका  लागि झै–झ’गडा गर्नुका साथै कतिपटक  पार्टीकै  लागि कु’टाइ खानुपरेपनि पार्टीले आफ्नो गाउँमा  कुनै विकास  नगरेको दुखेसो पोख्नुभएको छ।‘जति  त्याग र  संघर्ष गरे  पनि  नेपाली  काग्रेंस आफुले सोचेजस्तो पार्टी न भएको निष्कर्षमा  आफु  पुगेर पार्टीको झण्डा  भैंसीलाई बुझाए’ को  उहाँले  सामाजिक संजालमा खुलाशा गर्नुभएको हो ।

आफ्नो बाउबाजेदेखि नै आफुहरु काग्रेंसमा लागेको र अरु पार्टीमा नलागेको बताउँदै दावाले काग्रेंसका नेताहरुले सधै झुटो मात्र   बोल्ने ग रेको र  गाउँमा कुनै विकास नगरेकोले आफुले बो क्ने गरेको काग्रेंसको  झण्डा  भैसंीलाई बुझाइ दिएको बताउनुभएको छ ।‘कुनै समय एक्लैमात्र रहँदा पनि यो झण्डा बोके तर

आज  थाहा भ  यो यो त मान्छेले बोक्ने झण्डा होइन रहेछ, यो त घाँसखाने  पशुले  बोक्ने   झण्डा पो   रहेछ  ,’दावाले भन्नुभएको  छ ।पार्टीबाट  विरक्तिनुमा    आआफ्नै  कारण होलान्,   धेरैले  धेरै  पार्टी  परिर्वतन  गरे पनि होला तर यी युवाको  वि’रोध  गर्ने शै  ली ले भ  ने यत्तिखेर धेरैको ध्यान खिचिरहेको छ । दावाको फेसबुक  पोष्ट  यत्तिखेर सामाजि क संजालमा भाइरल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News